२९ माघ, हेटौंडा । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको नयाँ प्रजाति विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बेलायतमा सेप्टेम्बर २० मा पहिलो पटक पुष्टि भएको कोरोनाभाइरसको नयाँ प्रजाति बी.१.१.७ विश्वका ८६ राष्ट्रमा पुगेको जनाएको छ ।
नेपालमा भने बी.१.१.७ कोरोनाभाइरस माघ पहिलो साता पुष्टि भएको हो । बेलायतबाट फर्किएका तीन जनामा उक्त भाइरसको सङ्क्रमणको पुष्टि भएको थियो । त्यसयता कोरोनाभाइरसको नयाँ प्रकारबाट संक्रमित भएकाहरुको तथ्याङ्क सार्वजनिक भएको छैन् ।
प्रारम्भिक अध्ययनमा कोरोनाभाइरसको नयाँ प्रजाति साबिकको भन्दा बढी संक्रामक र केही हदसम्म स्वास्थ्य अवस्थामा बढी जटिलता ल्याउने पाइएको छ । सीएनएनका अनुसार पछिल्लो साता कोरोनाभाइरसको नयाँ प्रकार सङ्क्रमित बिरामी थप छ राष्ट्रमा पुष्टि भएको छ ।
गत् डिसेम्बर १४ मा बेलायतमा परीक्षण गरिएको नमूनामा ६३ प्रतिशत सङ्क्रमितमा नयाँ प्रकारको कोरोनाभाइरस पुष्टि भएकोमा गत् सोमबारसम्म उक्त सङ्क्रमितको ९० प्रतिशत नयाँ भाइरसको सङ्क्रमणको पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसका थप दुई प्रकार तीब्र रुपमा फैलिरहेको जनाउँदै उक्त नयाँ प्रकारबारे अनुसन्धान भइरहेको जनाएको छ । जसलाई बी.१.३५१ र पी१ नाम दिइएको छ । बी.१.३५१ पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको छ । पी.१ ब्राजिलमा पुष्टि भएको हो । नयाँ दुबै प्रकारको भाइरसबाट सङ्क्रमितको पहिचान नेपालमा भइसकेको छैन् ।
गत् सोमबारसम्म दक्षिण अफ्रिकामा पहिलो पटक पुष्टि भएको बी.१.३५१ कोरोनाभाइरस विश्वका ४४ राष्ट्रसम्म पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ब्राजिलमा पाइएको पी.१ भने १५ राष्ट्रमा पुष्टि भएको संगठनले उल्लेख गरेको छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


