Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

साहित्य संगमद्वारा शनिवार १० साहित्यकारलाई सम्मान प्रदान

174556737_321276826092488-1619311058.jpg

१२ बैशाख, हेटौंडा । साहित्य संगम मकवानपुरले शनिवार हेटौंडामा विभिन्न विधाका १० जना साहित्यकारहरुलाई सम्मान एवम् पुरस्कृत गरेको छ । 
शनिबार हेटौंडा–४ मा रहेको पुष्पलाल स्मृति पुस्तकालयको परिसरमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न व्यक्ति तथा संघसंस्थाले स्थापना गरेको सम्मान तथा पुरस्कार प्रदान गरेको हो । 
कार्यक्रममा गोपालप्रसाद रिमालको स्मृतिमा उनको परिवारले स्थापना गरेको नगद २० हजार रुपैयाँसहितको गोपालप्रसाद रिमाल स्मृति सम्मान नाटककार गोपाल पराजुलीलाई प्रदान गरिएको छ । यस्तै मकवानपुर साहित्य श्री सम्मान संगमका उपाध्यक्ष एवम् आँचल साहित्य कला पुञ्ज मकवानपुरका संस्थापक उपाध्यक्ष अप्सरा तिम्सिना लम्साललाई मरणोपरान्त प्रदान गरिएको छ । नगद १५ हजार ५ सय ५५ रुपैयाँ सहितको सम्मान उनको परिवारलाई प्रदान गरिएको थियो । 
आदर्श टोल विकास संस्था हेटौंडा–१० ले स्थापना गरेको नगद १५ हजार ५ सय ५५ रुपैयाँ राशीको पारिजात स्मृति सम्मान डा. अरुणा उप्रेतीलाई प्रदान गरिएको छ । संगमले नगद १० हजार राशीको सुभद्रादेवी मदन मुडवरी स्मृति सम्मान मकवानपुरको उत्तरी क्षेत्र पालुङका साहित्यकार राम बर्तौला आँशुलाई प्रदान गरेको छ । 
यस्तै २१ हजार १ सय ११ रुपैयाँ सहितको भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार एवम् व्यङ्ग्यकार गणेश लाठलाई प्रदान गरिएको छ भने हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यङ्ग्यकार आरसी रिजाललाई प्रदान गरिएको छ । उनलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको हो । 
शिक्षा एवम् साहित्यसेवी देव श्रेष्ठले माताको नाममा स्थापना गरेको नगद ७ हजार ७ सय ७७ रुपैयाँको मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई र संगमका कार्यसमिति सदस्य विशाल अधिकारी आशुतोषले पिताको स्मृतिमा स्थापना गरेको भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिएको छ ।
शिक्षासेवी डेण्टीजंग शाहले छोराको स्मृतिमा स्थापना गरेको शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गरिएको छ । व्यङ्ग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको ण कुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिएको छ । 
संगमका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको ३०६ औं नियमित साहित्य सन्ध्या एवम् सम्मान समर्पण कार्यक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार