Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

साउने सोमबारको महिमा र महत्व

shrawan-barta-1626658181.jpg

४ साउन, हेटौंडा । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ । हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । 
साउनका प्रत्येक सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने चलन छ । ज्योतिषशास्त्रअनुसार सोमबारका स्वामी भगवान् शिव त्यसमा पनि साउन महिनाको सोमबार गरिने शिवको व्रत विशेष फलदायी हुन्छ । पहाड तथा काठमाडौंका हिन्दू धर्म मान्नेहरूबीच साउने सोमबारको व्रत बस्ने चलन छ । साउने सोमबार विद्याका दृष्टिले पनि फलदायी मानिन्छ । महिलाले राम्रो वर पाउने, व्यापारीले राम्रो आम्दानी गर्ने, किसानको खेतीपाती सप्रने हुँदा साउनको महत्व हरेक जात, धर्मका मानिसमा छ ।
हुन त कतिपयले सती देवीलाई प्रकृतिका रूपमा लिने भएकाले पनि साउनमा हरियो रंगको बढी महत्व भएको मान्छन् । साउन महिनामा बढी वर्षा, झरी तथा कीटाणुको संक्रमण हुने हुँदा लुतो पनि फालिन्छ । यतिबेला वर्षा र गर्मीका कारण रोग लाग्ने सम्भावना बढी भएकाले मासु, लसुन तथा उत्तेजित हुने खाना खानु हुँदैन भनिन्छ । हिन्दू धर्ममा साउनलाई धर्म–कर्मको महिनाका रूपमा लिइन्छ ।
यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा राम्रो फल प्राप्त हुने विश्वास छ । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयबाट प्रारम्भ भएर तेस्रो प्रहरसम्म चल्छ । तेस्रो प्रहर अर्थात् तीन बजेपछि शिवजीको पूजा गर्ने चलन छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गरिन्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ । यसपटक साउनको पहिलो सोमबार साउन ४ गते परेको छ । 
तराईमा साउन महिनाको पूर्णिमा आसपासका १५ दिन मधुश्रावणीका रूपमा महिलाहरूले मन्दिरमा चोखो फूल चढाएर व्रत बस्ने चलन रहेको छ । पूर्णिमालाई मनको देवता मानिने भएकाले त्यसको आसपास व्रत बस्ने चलन चलेको हो । उमेरअनुसार व्रत बस्ने उद्देश्य फरक हुने पनि हुने गर्दछ । विवाहितले सुहाग यथावत् रहोस् भनेर, सन्तान भएकाहरूले सन्तानको दीर्घायुका लागि तथा अविवाहितहरूले असल श्रीमान् प्राप्त गर्न व्रत बस्छन् । 

साउने सोमबारका गन्तव्य
साउने सोमबारका दिन देशभरिका शिवालयहरूमा भक्तजनको भीड लाग्छ । काठमाडौं वरपरका श्रद्धालुहरूको साउन महिनाको सोमबारको प्रमुख गन्तव्य पशुतिनाथ हो । यसैगरी केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङको हलेसी महादेव, काठमाडौंको कोटेश्वर, पनौतीको धनेश्वर, महोत्तरीको जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर आदि शिवालयमा साउने सोमबारका दिन विशेष घुइँचो लाग्छ । 

साउनमा प्रयोग हुने पहिरन, मेकअप तथा एसेसरिज
चुराः हिन्दू धर्मशास्त्रअनुसार चुराको महत्व श्रीमान्को दीर्घायुसँग जोडिएको छ । त्यसैले विवाहित महिलाहरू सकभर हात खाली राख्दैनन् । साथमा चुराले महिलाहरूको हातलाई सुन्दर पनि बनाउँछ । साउने सोमबारका दिन प्रायः महिला हरिया चुरा तथा बालामा सजिएका हुन्छन् ।
केही बर्ष यता दशैं, तीज तथा विवाहका लगनमा जस्तै साउनभरि चुराको व्यापार हुन्छ । साउन आउनुभन्दा एक हप्ताअघि नै साउनका लागि हरिया चुरा बिक्री हुन थाल्ने गरेका छन् । हरिया चुराका साथमा पहेंला तथा राता चुराहरू पनि उक्तिकै विक्रि हुने गरेको छ ।
अझ केही वर्षयतादेखि साउनमा तीजकै हाराहारीमै व्यापार हुने व्यवसायीहरू बताउँछन् । साडी, ब्लाउज तथा कुर्तामा भएका स्टोनअनुसारका चुरा किन्न आउनेहरू पनि त्यत्तिकै हुन्छन् । साउने सोमबारका लागि दिदी–बहिनी छरछिमेक तथा साथीहरूलाई पनि चुरा, टीका आदि सौभाग्य चिन्हहरू उपहार प्रदान गर्न थालिएकाले चुरा पसलहरूको आम्दानी अझ बढ्दो छ ।
पोतेः विवाहित महिलाहरूका लागि पोतेको महत्व आफ्नै किसिमको छ । रातो साडीमा हरियो पोते लगाउँदा महिलाहरूको सौन्दर्यमा थप वृद्धि हुन्छ । तीज, साउने सोमबार आदिमा त पोते अनिवार्य एसेसरिजझैं भैसकेको छ । केही समयअघि पोतेमा तिलहरी मात्र राखेर लगाउने चलन थियो भने अहिले नौगेडी, पोतेका डिजाइन डिजाइनमा माला लगाउने चलनसमेत छ ।
पोते उनेर नेकलेस डिजाइन, विभिन्न फूलका डिजाइनहरूसमेत निकालिएको पाइन्छ । कतिपयले रातो, हरियो तथा पहेंलो रंगको कम्बिनेसन गरिएका पोतेसमेत रुचाउँछन् ।
(नारीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार