Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

मकवानपुरका चेपाङले सामुहिक रुपमा मनाए न्वागी

IMG_5015-1631076295.JPG


२३ भदौ, हेटौंडा । सिमान्तकृत चेपाङ समुदायले आफनो संस्कृती र  पहिचान जोगाउने उद्धेश्यले मंगलवार मकवानपुरको राक्सिराङको चैनपुरमा सामुहिक रुपमा छोनाम (न्वागी) पर्व मनाएका छन्  । 
विगतमा घर÷घरमा मनाउदै आइएको न्वागी पर्व यो वर्ष भने नेपाल चेपाङ संघले राक्सिराङ गाउँपालिकाको केन्द्र चैनपुरमा साँस्कृतिक कार्यक्रमसहित न्वागी पर्व मनाएका हुन् । कोरोनाको कारणले गत वर्ष चेपाङहरुले सामुहिक रुपमा न्वागी पर्व मनाएनन् ।  चेपाङ समुदायको सवैभन्दा महत्वपुर्ण र ठुलो धार्मिक पुजा छोनाम (न्वागी) पर्व भदौ २२ गते मनाउने गर्छन । कार्यक्रमको प्रदेश सभा सदस्य एवं पूर्वगृह राज्यमन्त्री ईन्द्रवहादुर बानियाँले मंगलवार वेलुका चेपाङको एक पाखे ढ्याङग्रो ठोकेर उद्घाटन गरेका थिए । पर्वको शुभकामना दिंदै प्रदेश सभा सदस्य वानियाँले भाषा र संस्कृतिले जातजातीहरुको संरक्षण गर्ने वताए । संस्कृति वाचेमात्र जातजातीहरु वाचिरहने उनले तर्क गरे । न्वागी पर्व सम्पन्न गर्नका लागि वानियाँले ५० हजार रुपैंया उपलब्ध गराएका थिए । 
कार्यक्रममा प्रमुख अतिथी वानियाँले चेपाङ भाषा तयार गर्न लागेको फिल्मको शुभमुहर्तमा नरिवल फोडेका थिए । राक्सिराङ गाउँपालिका चेपाङ संघका अध्यक्ष सोमलाल चेपाङको सभापतित्वमा संचालित उक्त कार्यक्रममा प्रदेश सभा सदष्य सन्तवहादुर चेपाङ, गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ललगायत चेपाङ समुदायका अगुवाहरुले न्वागी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । नेपाल चेपाङ संघको सक्रियतामा आयोजना गरिएको न्वागी पर्वमा सहभागी भएका चेपाङलगायत गैर चेपाङहरुलाई चेपाङ समुदायका अगुवा गायक रविन चेपाङले चेपाङ भाषाको गीतले स्वागत गरेका थिए  । मकवानपुर,चितवन र धादिङका अगुवा चेपाङहरुको उक्त कार्यक्रम सहभागीता थियो । अधिकांश चेपाङ अगुवाहरुले न्वागीको दिन सरकारले सार्वजनिक विदा नदिएकोमा चेपाङ समुदायका अगुवाहरुले  आक्रोश पोखेका थिए ।
२०६८ सालको जनगणना अनुसार मुलुकमा ६८ हजार ३ सय ९९ चेपाङको जनसंख्या रहेको छ । मकवानपुरमा ९ हजार ७ सय ७८ पुरुष र ९ हजार ३ सय ७४ महिलासहित १९ हजार १ स ५२ जना चेपाङको वसोवास छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

थप समाचार