८ कार्तिक, हेटौंडा । दुबई र ओमानमा सुरु भएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले ऐतिहासिक विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति चिरपरिचित प्रतिद्वन्दी भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानले सुखद सुरुआत गरेको हो ।
यससँगै पाकिस्तानले विश्वकपमा भारतमाथि पहिलो पटक ऐतिहासिक जित निकालेको छ । यस अघि पाकिस्तानले विश्वकपमा भारतलाई हराउन सकेको थिएन । यस्तै भारत पहिलो पटक टी–२० अन्तराष्ट्रियमा १० विकेटले पराजित भएको छ ।
भारतले दिएको १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा बिना विकेटको क्षतीमा पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजम र मोहमद रिजवानले अर्धशतकीय इनिङ्स खेले । रिजवानले अविजित रहदै सर्वाधिक ७८ रन बनाए । कप्तान आजम ६८ रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यसैगरी ऋषव पन्त ३९, रविन्द्र जडेजा १३, सूर्यकुमार यादव र हार्दिक पान्डयले समान ११÷११ रन बनाउँदा अरुले दोहोरो अंकको स्कोरसम्म बनाउन सकेनन् । पाकिस्तानका शाहिन शाह अफ्रिदीले ३ विकेट, हसन अलिले २ तथा शादब खान र हरिस राउफले १÷१ विकेट लिए ।
जितसँगै पाकिस्तानले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । पाकिस्तान समूह २ को शीर्ष स्थानमा रहेको छ । उपाधि दाबेदार मानिएको भारतले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















