Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बी डिभिजन लिगमा श्रीकुमारी र सामाजिक बराबरीमा रोकिए

चर्च ब्वाईजको लगातार दोस्रो जित

Church-Boys1646545497-1646614851.jpg

२३ फागुन, हेटौंडा । सहिद स्मारक बी डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अंक बाँड्दा चर्च ब्वाईजले लगातार दोस्रो जित निकालेको छ । 
एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको दिनको दोस्रो खेलमा श्री कुमारी र सामाजिक युथले ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो । सुरुआती अग्रता लिएको कुमारीले कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । 
कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक–एक गोल गर्दा सामाजिक युथक लागि बसन्त बहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक–एक गोल गरे । आइतबारको खेलसँगै श्री कुमारीले लगातार दोस्रो बराबरी खेल्दै अंक बाँडेको छ भने सामाजिक युथले भने दुई खेलमा १ अंक जोडेको छ ।
बी डिभिजन फुटबल अन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा चर्चब्वाईजले खुमलटार युथ क्लबलाई २–० ले  हरायो । चर्चब्वाईजको जितमा आशिषले दुई गोल गरे । यो जित सँगै चर्चब्वाईजले जारी लिगमा लगातार दोस्रो जित निकालेको हो । 
जितसँगै चर्च ब्वाईजले तालिकामा ६ अंक जोडेको छ । उता खुमलटारले पनि पहिलो हार भोगेको छ । यस अघि आफ्नो पहिलो खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटि)लाई ३–१ गोल अन्तरले हराउँदै लिगमा सुखद सुरुआत गरेको थियो ।
१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली  रेलिगेसनमा पर्ने छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार