Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

थाहा नगरमा असोज १४ बाट बिच भलिबल हुने

BEACH-Volley-ball-_-thaha-1662770808.jpg

२५ भदौं, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा थाहा कला केन्द्रको आयोजनामा जिल्लास्तरीय बिच भलिबल प्रतियोगिता हुने भएको छ । यही असोज १४ देखि १७ गतेसम्म थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता आयोजना हुने भएको हो । 
आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत पहिलो पटक आयोजना हुन लागेको बिच भलिबलको बिषयमा जानकारी दिएको हो थाहा कला केन्द्रको आयोजना तथा थाहा नगर भलिबल संघको समन्वयमा हुन लागेको प्रतियोगिताको तयारीलाई तीव्र  पारिएको आयोजक संस्थाका अध्यक्ष सानोबाबु मोक्तानले जानकारी दिए । 
थाहा नगरपालिकाको पर्यटन प्रवद्र्धन साथै भलिबल खेलको विकासका लागि थाहा नगरमा पहिलो पटक बिच भलिबल प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । करिब ५० टिमको सहभागिता हुने अपेक्षा रहेको उनले बताए । 
असोज १ गते देखि १० गतेसम्म टिम गरिने र दर्ता शुल्क १ हजार १ सय रुपैयाँ तोकेको उनले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 
प्रतियोगिताको अनुशासित टिमलाई र उत्कृष्ट खेलाडीलाई ५÷५ हजार रुपैयाँ सहित ट्रफी प्रदान गरिनेछ । बिच भलिबल प्रतियोगिताको लागि भौतिक रुपमा काम भइरहेको जानकारी दिइएको छ । 
पत्रकार सम्मेलनमा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, जिल्ला भलिबल संघ अध्यक्ष बसन्तकुमार सिटौला, कोषाध्यक्ष शंकर कार्की, थाहा नगरपालिका भलिबल संघका अध्यक्ष बसन्त गोपाली, भलिबल संघ हेटौंडा उपमहानगरपालिका अध्यक्ष राजु घले लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार