Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

एलिशा बनिन् मिस मकवानपुर सिजन-४ को विजेता

मिस-मकवान-1663674218.jpg

४ असोज,हेटौंडा। मकवानपुरले थप मिस मकवानपुर पाएको छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिको आयोजनामा सोमबार राती सम्पन्न मिस मकवानपुर सिजन ४ बाट मकवानपुरले थप मिस मकवानपुर प्राप्त गरेको हो । 

१५ जना प्रतिस्पर्धीलाई उछन्दै उत्कृष्ट दश हुदैं उत्कृष्ट पाँचमा परेर हेटौंडाकी एलिशा पराजुली मिस मकवानपुर सिजन ४ को विजेता बन्न सफल भएकी हुन् । विजेता बन्दै उनले ताज सहित सत्तरी हजार नगद सहित डाइन एण्ड वाईन रेष्टुरेन्टमा रात्रिभोजको व्यवस्था, फोटो सुट, कुनै पनि विधामा आयोजक कम्पनीमा निशुल्क प्रशिक्षणको व्यवस्था, तीन दिनको आन्तरिक भ्रमणको प्याकेज, निशुल्क दक्ष मेकप ट्रेनिङ लगायत आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छिन् । 

प्रतियोगितामा मिस मकवानपुरको फस्ट रनरफ सारम्सा पाण्डे भएकी छिन् ।  उनले ताज सहित  ३५ हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज सहित आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छन् ।  प्रतियोगितामा सेकेन्ड रनरफ भने प्रजिता मैनाली भएकी छिन् । उनले ताज सहित २० हजार नगद, फोटो सुट, तीन दिनको आन्तरिक भ्रमण प्याकेज र आकर्षक पुरस्कारहरु प्राप्त गरेकी छिन् । 

प्रतियोगितामा मकवानपुरका १५ जनाले प्रतिस्पर्धा गरेका थिए । मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ प्रमुख निर्णायकका रहेकी थिइन् भने मोडल तथा नायक अमिर गौतम, पंकज सिंह ठकुरी र एन्जिला श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । 

प्रतियोगितामा भ्युवर च्वाईस टाइटल सारम्सा पाण्डेले हात पारेकी छिन् । त्यस्तै, कोरियोग्राफर च्वाईस टाइटल आस्का कार्कीले हात पारिन् । प्रतियोगितामा अर्गनाइजर च्वाईस भने रितिका दुलालले हात पारिन् ।

प्रतियोगिताको मुख्य प्रायोजक नेपाली उत्पादन क्यालिवर्स सुज रहेको थियो । सह प्रायोजकको रुपमा भने  सिस्टरहुड फेसन स्टोर्स रहेको थियो । प्रतियोगितामा डाइन एण्ड वाइन, एनएस सिनेमाको सहकार्यमा एजुकेसन पार्टनर राइट पथ, हस्पिटालिटी पार्टनर होटल सामना र बैकिंङ पार्टनरमा मेगा बैंक रहेको आयोजक कम्पनीका निर्देशक सुजन श्रेष्ठले बताए ।

उनले सौन्र्दय प्रतियोगिताले आफ्नो प्रतिभा देखाउने र यस क्षेत्रमा थप योगदान पुग्ने हिसाबले कार्यक्रमको आयोजना गरिएको श्रेष्ठले बताए ।  सिजन ४ को कार्यक्रम संयोजक सिजन ३ का विजेता सिमा योन्जन रहेकी थिइन् भने फेसन कोरियोग्राफर सोफिया फागो रहेकी थिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

थप समाचार