१० असोज, हेटौंडा । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. कृष्ण अधिकारीले जानकारी दिए ।
कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको लागी बिहान १०ः२३ बजेको साइत शुभ रहेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आसोज १९ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा प्रसाद ग्रहण गरिन्छ । असोज १९ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३४ मिनेटमा रहेको समितिले जनाएको छ ।
यस्तै टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने असोज १९ गते ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ ।
२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...
२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...
२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...











-1782436668.jpg)






