१२ असोज,हेटौंडा। हेटौंडा-७ नागस्वतीमा जारी ७ नम्बर टोल स्तरीय खसी कपको उपाधि नव ज्योती (भिआइपी) टोलले हात पारेको छ।शनिबार सम्पन्न अग्राठे र भिआइपी टोल बिचको फाइनल खेलमा *भिआइपीले खसी कपको उपाधि हात पारेको हो।
अग्राठे र भिआइपी बीचको पहिलो हाफ र दोस्रो हाफ १।१ को बराबरीमा टुङ्गिएपछी खेल ट्राइबेकरमा धकेलिइएको थियो।ट्राइबेकारमा भिआइपी ले अग्राठेलाई ७ विरुद्ध ६ गोल अन्तरले पराजित गरेको हो।
वडा दशैको अवसरमा न्युरेनी फुटबल टिमको आयोजनमा २६ औ टोल स्तरीय खसी कपमा वडा भित्रका ८ वटा फुटबल टिमको सहभागि रहेको थियो। प्रतियोगिताको विजयी बनेसँगै भिआइपी टोलले ३५ किलोको खसी,ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता वनेको अग्राठे टोलले ३० किलोको खसीमा चित्त बुझाएको छ।
न्युरेनी चिसापानी फुटबल क्लबका अध्यक्ष विजय गौतमको सभाध्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम रहेका थिए। समापन कार्यक्रमको विशेष अतिथी वडा नम्बर ७ का वडाध्यक्ष दामोदर गौतम रहेका थिए।
प्रतियोगिताको समापन कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, ७ नम्बर वडा सदस्यहरु सन्तुमाया पाख्रिन,श्यामसुन्दर परियार,राधिका विक,दिनेश थापामगर,नव ज्योती माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण थापा,रोहीणी हाउजिन प्रा लिका प्रोप्राइटर धुव्र घिमिरे,एन्फा मकवानपुर सदस्य राम केसी,युवा समाजसेवी धन थापामगर,विभिन्न टोल विकास संस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो।
प्रतियोगितामा विजेता र उपविजेता बनेका टिमलाई वडाध्यक्ष गौतम तथा वडासदस्यहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रतियोगिता अविधीभर खेलमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो।
* प्राविधिक समस्याले गर्दा फोटो र नाम फरक पर्न गएकोमा क्षमाप्रार्थी- सम्पादक
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

















