Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

राष्ट्रिय हेटौंडा भेट्रान्स कप फुटबल पुस १९ गतेबाट

Screenshot_20221213-09041-1670902165.jpg

२७ मंसिर, हेटौंडा । हेटौंडा भेट्रान्स क्लवको आयोजनामा सञ्चालन हुँदै आएको ८ औं राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको आठौं संस्करण यही पुष १९ गतेबाट सञ्चालन हुने भएको छ । 

२३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा नेपालको विभिन्न शहरका करिब २० टिमको सहभागिता हुने आयोजकको अनुमान रहेको छ । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट फरवार्ड, डिफेन्स, मिडफिल्ड, गोलकिपर तथा प्रशिक्षकले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक हेटौंडा भेट्रान्सका सचिव कविन सांगामीले जानकारी दिए । 

यस्तै हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था रहेको छ । प्रतियोगिताका लागि हेटौंडा भेट्रान्सका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठलाई कार्यक्रम संयोजक बनाइएको छ । राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । 

‘प्रतियोगितामा मकवानपुरसहित बारा, पर्सा, पोखरा, काठमाडौं, चितवन, नवलपरासी लगायतका जिल्लाका भेट्रान्स क्लवको सहभागिता रहनेछ’, आयोजक हेटौंडा भेट्रान्सका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । सम्भव भएसम्म बंगलादेश र भारतको पनि एक÷एक वटा टिमको सहभागी गराउने प्रयास भैरहेको पनि उनले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार