Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

हेटौंडामा सोनाम ल्होसारमा सांस्कृतिक महोत्सव हुने

FB_IMG_1672886328485-1672886465.jpg

२१ पुस,हेटौडा । तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ष) सोनाम ल्होछारको अवसरमा हेटौडामा 'सोनाम ल्होछार साँस्कृतिक महोत्सब' हुने भएको छ ।

नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौडा  १० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको हो ।आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस बारे बताएको हो। 

महोत्सब सफल बनाउन विभिन्न ९ उपसमितिहरु गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा शुरेस लामा, प्रचार-प्रसार उपसमितिमा आत्माराम मोक्तान, मन्च ब्यबस्थापनमा सानु लामा दोङ, अतिथि सत्कारमा माया घलान, कलाकार ब्यबस्थापन उपसमितिमा बिक्रम लुङ्गबा, स्वयंम सेवक संयोजकमा सबिन मोक्तान, मायाको चिनो ब्यबस्थापनमा रबिन्द्र थिङ, झाँकी ब्यबस्थापनमा पाल्साङ लामा, र स्टल ब्यबस्थापनमा सुभाष लामा रहेको छ ।        

दुई दिन सम्म चल्ने महोत्सबमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरु रहने आयोजकले जनाएको छ । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै तामाङ घेदुङ संघिय समितिको (ग्रेन दिम) भवन खरिद सहयोगार्थ महोत्सबको तयारी गरिएको घेदुङ मकवानपुरको जिल्ला कार्यबहाक अध्यक्ष कालु घलानले बताए।त्यस्तै, कलाकार संघबाट भाग्यशाली उपहार कार्यक्रम राखेको छ । उपहार कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च गरिने अध्यक्ष धिरेन लामाले बताए ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष कालु घलान, सचिब आत्माराम मोक्तान, सल्लाहकार जिबनमान मोक्तान, मकवानपुर तामाङ कलाकार संघको अध्यक्ष धिरेन लामा, महासचिब रबिन्द्र थिङ, सल्लाहकार सानु लामा दोङ, तामाङ युवा घेदुङ सघिय प्रशिक्षण बिभाग प्रमुख सबिन मोक्तान, तामाङ घेदुङ हेटौडा उपमहानगर समितिको अध्यक्ष भिमलाल सिन्तान, नेपाल तामाङ युवा घेदुङ्ग मकवानपुर अध्यक्ष सुनिल लोप्चन लगायतको सहभागी रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार