Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राक्सिराङ गाउँपालिका

राक्सिराङको १३ औ हिउँदे अधिवेशन सम्पन्न,७ प्रस्ताव पारित

FB_IMG_1673615440510-1673615515.jpg

२९ पुस,हेटौंडा। राक्सिराङ्ग गाउँपालिकाको गाउँसभाको १३ औ (हिउँदे) अधिवेशन सम्पन्न भएको छ। शुक्रबार एक समारोहका बीच गाउँपालिकाको केन्द्र चैनपुरमा १३ औ हिउँदे अधिवेशन सम्पन्न भएको हो।अधिवेशनको समुद्घाटन मकवानपुर क्षेत्र नम्बर २ का संघीय सांसद महेश कुमार बर्तौलाले गरेका थिए। 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न सभा समुद्घाटन समारोहमा प्रतिनिधितसभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यता र  बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर चेपाङको विशेष आतिथ्यता रहेको थियो ।

गाउँसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी संघीय संसाद बर्तौलाले अहिले  मूलधारका मूल राजनीतिज्ञहरूमा प्रश्न चिह्न उठेको बताउदै जनताको मर्म भावनाको कदर गर्न जरुरी रहेको सुनाए। उनले गाउँपालिले ल्याएको नीति तथा कार्यक्रम र समन्वय सम्मान योग्य भएको  उल्लेख गर्दै जनताले खबरदारी गर्न जरुरी रहेको समेत बताए।उनले आफुले ५ बर्षीय संसदीय कार्यकालमा यस भुगोलको सम्रग कृषि, स्वास्थ्य र रोजगार  र भौतिक निर्माणको पक्षमा सधै उभिने प्रतिवद्धता व्यक्त गरेका थिए। 

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी निवर्तमान राज्यमन्त्री चेपाङले सम्बोधनका क्रममा स्थानीय तहको सम्रगमा विकासमा राजनैतिक मतभेत राख्न नहुने,मतभेदले राजनैतिक धुव्रिकरण बढने बताउदै धुव्रिकरणले विकास नहने भन्दै  राजनैतिक मतभेदलाई त्यागेर विकास निर्माणमा लाग्न आग्रह गरेका थिए।उनले आफु राज्यमन्त्री रहुदा गाउँपालिका शिक्षा,स्वास्थ्य, भौतिक विकासलागि बजेट अहिले सम्मकै उच्च बजेट विनियोजन गरेको समेत बताए। 

सभालाई गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ,वडा नम्बर ४ का वडाअध्यक्ष संजय कोइराला,माओवादी केन्द्र राक्सिराङ अध्यक्ष हस्त बहादुर मोक्तान लगायतले सम्बोधन गरेका थिए।कार्यक्रममा ९ वटै वडाका वडाअध्यक्ष,सदस्य र कार्य पालिका सदस्य विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, शिक्षक, कर्मचारी लगाएतको उपस्थिति रहेको थियो।

त्यसैगरी आज सम्पन्न १३ औ हिउँदे अधिवेशनले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन, न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलापकर्ताहरुको नाम अनुमोदन गर्ने, गाउँ सभा अन्तर्गत विधायन समिति, लेखा समिति, र सुशासन समिति गठन गर्ने र चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समिक्षा र  गाउँ सभाबाट अनुमोदन गर्ने गरि ७ वटा प्रस्तावहरु सर्वसहमतिले पारित गरेको छ।

FB_IMG_1673615481987-1673615549.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

मध्यमसम्मको वर्षाको सम्भावना
rain_PiLaQvymrm-1783387369.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

वडा सचिवको करेन्ट लागेर मृत्यु
current-1783387055.jpg

२३ असार, हेटौंडा । दाङको गढवा गाउँपालिका-५ का वडा सचिव रामनरेश यादवको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका...

पोर्चुगल विश्वकपबाट बाहिरियो
ronaldo-1783386724.png

२३ असार, हेटौंडा । पोर्चुगल विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ बाट बाहिरिएको छ । स्पेनसँग पराजित हुँदै...

महिला टी-२० विश्वकपको उपाधि अष्ट्रेलियालाई
Screenshot_20260706_06435-1783299541.jpg

२२ असार, हेटौंडा । महिला टी-२० विश्वकप २०२६ को उपाधि अष्ट्रेलियाले जितेको छ। फाइनलमा अष्ट्रेलियाले घरेलु टोली...

थप समाचार