२९ पुस,हेटौंडा। राक्सिराङ गाउँपालिकाले पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी,कर्मचारी सम्मलाई सम्मान गरेको छ।गाउँपालिकाले शुक्रबार सम्पन्न १३ औ हिउँदे अधिवेशनमा पत्रकार देखी कृषक, टोल विकस संस्था ,शिक्षक र महिला उद्यमी सम्मलाई सम्मान गरेको हो।
गाउँपालिकाले गाउँपालिकाको गतिविधि र सम्रग जनोसरोकारको कुरामा सञ्चार माध्यम मार्फत राक्सिराङको पहिचान गराउन सहयोग पुयाएको भन्दै ग्यालेक्सी फोर के टेलिभिजनका बागमती ब्यूरो प्रमुख देवराज पन्त र थाहा संचारकी पत्रकार सृजना नेपाललाई नगद सहित प्रशंसापत्र र खादाले सम्मान गरेको हो।
त्यसैगरी गाउँपालिकाले शिक्षक तर्फ- कालिका मावि खैराङ्ग शिक्षक विश्व लामा र विद्यालय तर्फ सूर्योदय मा विद्यालय सिरखेतलाई सम्मान गरेको हो।
त्यसैगरी गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय परीक्षामा उत्कृष्ट हुने कालिका माविका छात्र सन्तोष घलान र सूर्योदय माविकी छात्रा सुप्रिया सुवेदीलाई सम्मान गरिएको हो।
त्यसैगरी उत्कृष्ट गैरसरकारी संस्था तर्फ सम्मुनत नेपाल , राक्सिराङ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड म,कुडुले महिला कृषी सहकारी संस्था,सदाफ कृषि अरगेनिक फार्म,महिला उद्मी सरिता स्याङ्बो, सिलिङ्गे सामुदायिक वन उपभोक्ता समूह ,समृद्धिका लागि एकता टोल विकास संस्था न्यायिक समिति तर्फ उत्कृष्ट मेलमिलाप केन्द्रमा वडा नम्बर-३का दुईजना मेलमिलाप कर्तालाई प्रशंसापत्रसहित सम्मान गरेको हो।त्यसैगरी गाउँपालिकाले उत्कृष्ठ कार्य गर्ने विभिन्न विधाका कर्मचारीलाई पनि सम्मान गरेको छ।
स्वास्थ्यकर्मी तर्फ अहेव गणेश कुमार मोक्तान, महिला स्वास्थ्य स्वयंसेविकामा विष्णु माया नगरकोटी,वडा सचिव तर्फ वडा नम्बर-३ का वडा सचिव दशरथ गुरागाई,उत्कृष्ठ कर्मचारीमा पालिकाको शिक्षा शाखामा कार्यरत पासाङ लामा बल र वडा नम्बर-५ का कार्यालय सहयोगी तीर्थ मोक्तानलाई पनि सम्मान गरिएको छ।
सम्मानित हुने सबैलाई कार्यक्रममा प्रमुख अतिथी संघीय संसाद महेश कुमार बर्तौला, विशिष्ट अतिथी बागमती प्रदेशका निवर्तमान भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री सन्त बहादुर चेपाङ र गाउँपालिका अध्यक्ष राजकुमार मल्ले संयुक्त रुपमा सम्मान गरेका थिए।
गाउँपालिकाको विकास र गाउँपालिकालाई चिनाउन सहयोग गर्ने,उत्कृष्ट कार्य सम्पादन गरी कार्यालयलाई जनशेवामुखी बनाउने कर्मचारी सहित सबैलाई प्रोत्साहन स्वरुप सम्मान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गडतौलाले बताए।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















