Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शहीद स्मारक ए डिभिजिन लिगको खेल तालिका सार्वजनिक

खुमलटार र फ्रेन्ड्सबीच उद्घाटन खेल हुने

A-division_BWmphyP5mE-154-1674219361.jpg

६ माघ, हेटौंडा । यसै वर्षको फागुन १९ बाट आयोजना हुने शहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेल यसै सिजन बढुवाभएको खुमलटार युथ क्लव र ललितपुरको फ्रेन्ड्स क्लवबीच हुने भएको छ । 
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रवार सार्वजनिक भएको तालिका अनुसार पहिलो खेल खुमलटार युथ क्लव र फ्रेन्ड्सबीच हुने निश्चित भएको हो । निर्धारित मिति भन्दा केही महिना पछि धकेलिएको लिगका लागि शुक्रवार एन्फाले पाँचौ चरण सम्मको खेल तालिका सार्वजनिक गरेको छ ।
खेल डबल राउण्ड रोबिन प्रणालिमा सञ्चालन हुने एन्फाले जनाएको छ । २०७२  सालको राष्ट्रिय लिग पछि लिग डबल राउण्ड रोबिन लिग प्रणालिमा सञ्चालन हुन लागेको हो । १४ क्लवको सहभागिता रहेको लिगका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिग निर्देशक सञ्जीव मिश्रले पत्रकार सम्मेलनमा जानकारी दिए ।
फागुन तेस्रो साताबाट आयोजना हुन लागेको नयाँ सिजनको लिगमा यस पटक चर्च ब्वाइज युनाईटेड फुटबल क्लव र खुमलटारले शीर्ष डिभिजनको लिगमा डेब्यु गर्नेछ । नवप्रवेशी चर्च ब्वाइजले पहिलो खेलमा नेपाल पुलिस क्लवसँग फागुन २० गते खेल्नेछ भने साविक विजेता मछिन्द्र फुटबल क्लवले पहिलो खेलमा जावलाखेल युथ क्लवसँग फागुन २१ गते खेल्दै नयाँ सिजनको आरम्भ गर्नेछ । 
डबल राउण्ड रोबिन प्रणालीमा हुने प्रतियोगितामा कुल १ सय ८२ खेल हुनेछ । यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । यस्तै मस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । 
यस्तै फेयर प्ले अवार्ड विजेता टोलीले ३ लाख पाउने छन् । यस्तै प्रत्येक खेलको विजेता क्लवले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लवबीच रकम बराबर बाँडिनेछ र हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ  । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार