४ फागुन, हेटौंडा । वीरगञ्ज युनाइटेडलाई हराउँदै क्यामरुनको एभिनियर एफसी हेटौंडामा जारी पाँचौ सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । बुधबार भएको खेलमा एभिनियरलाई वीरगञ्जसँग २–० को जित निकालेको हो ।
कप्तान यानिक योआनाले ३९ औं मिनेटमा गोल गर्दै एभिनियरलाई अग्रता दिलाएका हुन् । टिम्बा टिम्बाले मिलाइदिएको पासलाई उनले गोलमा परिणत गरेका हुन् । ७४ औं मिनेटमा साबाले अग्रता दोब्बर पारे ।
टिम्बा टिम्बाको स्थानमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमै उनले गोल गरेका हुन् । बोयोमिको प्रहारमा रिबाउण्ड आएको बललाई उनले सहजै गोल गरेका हुन् । पहिलो हाफमा कमजोर देखिएको वीरगञ्जले दोस्रो हाफमा निकै सुधारिएको खेल प्रश्तुत गर्दै दर्शकको मन जितेपनि गोल भने गर्न सकेन ।
२४ औं मिनेटमा वीरगञ्जका कृपा चौधरीको फ्रिकिक प्रहारलाई एभिनियरका गोलरक्षक टासोह अलाइनले बचाए । २८ औं मिनेटमा यानिकको प्रहार वीरगञ्जका गोलरक्षक प्रमिजय गच्छादारले कठिनका साथ बचाए । ५५ औं मिनेटमा तीन डिफेण्डरलाई छलाउँदै कृपाले फितलो प्रहार गर्दा बराबरी गर्नबाट चुके ।
७२ मिनेमा कृपाकै फ्रिकिकलाई एभिनियरका गोलरक्षक अलाइनले मुस्किलले बचाए । पहिलो खेलमा एनआरटीलाई हराउँदै उच्च मनोबल बनाएको वीरगञ्जले खेलको अन्तिमतिर केही राम्रा मुभ बनाएपनि खेलमा फर्किन सकेन । खेलको म्यान अफ द म्याच वीरगञ्जका उमेश कार्की घोषित भए । उनले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे ।
जारी प्रतियोगितामा बिहीबार त्रिभुवन आर्मी फुटबल क्लव र सशस्त्र प्रहरीको एपिएफबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना एवम् यहाँका स्थानीय तहसहित विभिन्न संघसंस्थाको सहयोगमा जारी प्रतियोगिताको यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट मोटरसाइकल) प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















