Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

स्कटल्यान्डमाथि नेपालको शानदार जित

nepal-cricket1648734234-1-1676635548.jpg

५ फागुन, हेटौंडा । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड विरुद्ध ३ विकेटको शानदार जित निकालेको छ ।
नेपालको जितका लागी दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले उत्कृष्ट ब्याटिङ गरे । उनीहरु दुबैजनाले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर भेट्टाउन सफल भयो ।
दीपेन्द्रले अविजित ८५ रन बनाउँदा कुशल ८१ रनमा आउट भए । दुवै खेलाडीको ओडिआईमा दोस्रो अर्धशतक हो भने दीपेन्द्रको लिग टु मा यो पहिलो अर्धशतक हो । 
सुरुको पाँच विकेट सस्तैमा गुमाएको नेपालका लागि सोमपाल कामीले अविजित २४ रन बनाउँदा गुल्सन झा १७ रन बनाएर आउट भए । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले समान ३÷३ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७४ रन बनाएको हो । स्कटल्याण्डका लागि माईकल लिस्कले १ सय ७ रनको शतकीय ईनिङ खेले । नेपालका सन्दीप लामिछानेले ३ विकेट लिदा कुशल मल्लले २ तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।
नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । सिरिजमा नेपाल २६ खेलमा २२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भईसकेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार