Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मोहन श्रेष्ठ स्मृति भेट्रान्स फुटबलमा ७ नम्बर वडाको बिजयी सुरुवात

s-1678538169.jpg

२७ फागुन, हेटौंडा । पशुपति युवा क्लब हेटौंडा ९ को आयोजनामा सुरु भएको मोहन श्रेष्ठ स्मृति एट ए साइड भेट्रान्स रनिङ कप नकाउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ ले विजयी सुरुवात गरेको छ ।
हेटौंडा ८ स्थित औधोगिक क्षेत्रको खेल मैदानमा शनिवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १८ लाई टाईब्रेकरमा हराउँदै ७ नम्बर वडाले विजयी सुरुवात गरेको हो । निर्धारित ४० मिनेटको समयमा दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रकरबाट लिइएको थियो । 
७ नम्बर वडाका लागी भरत तितुङ, बिनोद घिमिरे र अमर गुरुङले गोल गर्दा ७ नम्बर वडाका रण संग्राम दुलालको पेनाल्टि प्रहार गोलपोष्ट भन्दा माथीबाट बाहिरिएको थियो । यसअघि दुबै टोलीका तर्फबाट गोलका लागी भएका प्रयासहरु विपक्षी गोलकिपरहरुले बचाउ गरेका थिए । शनिवारको खेलको म्यान अफ दि म्याच ७ नम्बर वडाका रण संग्राम दुलाल घोषित भए ।
प्रतियोगिता अन्तर्गत भोली आइतबार चारवटा खेल हुने प्रतियोगिताका संयोजक सचिन जोशिले जानकारी दिए । भोली विहान साँढे ८ बजे हुने पहिलो खेलमा वडा नम्बर २ र ८, साँढे ९ बजे हुने दास्रो खेलमा वडा नम्बर ६ र १६, दिउँसो हुने तेस्रो खेलमा वडा नम्बर १४ र १५ तथा चौथो तथा अन्तिम खेलमा ३ बजे वडा नम्बर ९ र १७ बीच खेल हुने छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरको २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, १६, १७ र १८ नम्बर वडा गरी १३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एकलाख ५ हजार ५५५ तथा उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही नगद ५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए । 
प्रतियोगिताको उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले नगरभित्रका सबै वडाहरुमा खेल क्षेत्रको विकासका लागी उपमहानगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले खेलकुदले युवालाई संगठित, अनुशासित र प्रतिस्पर्धि बनाउँने भएकाले नगरपालिका खेल क्षेत्रमा लगानी बढाउँन तयार रहेको बताईन् ।
क्लबका अध्यक्ष राजकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका सम्पूर्ण वडाका वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार