२७ फागुन, हेटौंडा । कैलाश गाउँपालिकामा प्रथम अन्तर-वडा स्तरीय अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियाेगिता सुरु भएकाे छ । आजबाट सुरु भएको प्रतियोगिताको गाउँपालिका अध्यक्ष लाेकबहादुर मुक्तानले रनिङ शिल्ड सार्वजनिक गर्दै प्रतियाेगिताकाे उद्घाटन गरेका छन्।स्थानीय खेलाडीकाे मनाेवल उच्च राख्न खेलकुद क्षेत्रलाई प्राथमिकता दिने उद्देश्यले खेलकुदको आयोजना गरिएको उद्घाटन कार्यक्रममा बताएका छन्।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपाध्यक्ष बालकुमार मल्ल ठकुरिले खेलकुदले आफ्नाे स्वास्थ्यलाई स्वस्थ राख्नुका साथै आफ्नाे गाउँठाउँ र देशलाई चिनाउन समेत याेगदान पुग्ने बताए । वडा नम्वर २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयाेजक राजेन्द्र घिसिङले प्रतियाेगिता मैत्रीपूर्ण र साैहार्दपुर्ण ढंगले पूरा गर्न खेलाडीहरुलाई अनुराेध गरेका छन्।
कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष भुवनसिं घलान, वडा नम्बर १० का वडाध्यक्ष सुर्य बहादुर भ्लाेन, कालिका मावि नामटारका प्रधानाध्यापक रामप्रसाद कालाखेती, वडा नम्वर ९ का सचिव रामचन्द्र शिवाकोटीकाे उपस्थिति थियाे । प्रतियोगितामा वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भ्लाेनले स्वागत मन्तव्य व्यक्त गरेका थिए । प्रतियाेगितामा प्रथम हुनेलाई ६० हजार, द्वितीय हुनेलाई ४० हजार, तृतिय हुनेलाई २० हजार र सान्त्वना १० हजार रुपैंया नगद पुरस्कारकाे व्यवस्था गरिएकाे छ । प्रतियाेगिताकाे विजयीले प्राप्त गर्ने रनिङ शिल्ड ६३ ताेला चाँदिबाट निर्माण गरिएकाे आयाेजकले जानकारी दिएकाे छ ।
उद्घाटन खेलमा वडा नम्वर १० विजयी
कैलाश गाउँपालिका स्तरीय अन्तर-वडा प्रथम अध्यक्ष कप नकआउट रनिङ शिल्ड फुटबल प्रतियाेगिताकाे उद्घाटन खेलमा वडा नम्वर १० विजयी भएकाे छ । वडा नम्वर १० ले वडा नम्वर २ लाई ४-० गाेलअन्तरले पराजित गरेकाे छ । त्यसैगरि आज भएकाे दाेस्राे खेलमा वडा नम्वर ५ विजयि भएकाे छ । वडा नम्वर ५ ले वडा नम्वर ७ लाई ३-० गाेलअन्तरले पराजित गरेकाे कैलाश खेलकुद विकास समिति संयाेजक माेहन वाईवाले जानकरी दिएका छन्। आइतबार ३ वटा खेल हुने उहाँले जानकारी दिनुभयाे । बिहान ८ बजे वडा नम्बर १ र वडा नम्बर ३, दिउँसाे १ बजे वडा नम्बर ८ र वडा नम्बर ९ तथा दिउँसाे ४ बजे वडा नम्वर ४ र शनिवारकाे बिजेता टिम वडा नम्वर ५ बिच प्रतिस्पर्धा हुँदैछ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















