१५ चैत, सिमरा । विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा एपिएफले बनाएको शुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमीफाइनल यात्रा तय गरेको हो ।
एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औं मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएपनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीएको छ । चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे ।
खेलको ३१ औं मिनटमा चर्चब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । यस्तै खेलको ४३ औं मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो ।
दोश्रो हाफ गोल रहित बनेपनि चर्च ब्वाइजले खेल आफ्नो पक्षमा पार्न सफल भयो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौंडाको मकवानपुर ११ ले ‘ए’ डिभीजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















