३० चैत, हेटौंडा । हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा भएको दोश्रो अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकालाई प्रथम बनाउँने खेलाडिलाई सम्मान गरीएको छ ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा मकवानपुरगढी गाउँपालिकालाई पराजित गर्दै हेटौंडा उपमहानगरपालिकाले उपाधि जितेको थियो । प्रतियोगितामा पालिकालाई उपाधि सहित २ लाख रुपियाँ नगद दिलाएका खेलाडि र अफिसीएललाई उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँले सम्मान गरेका हुन् ।
खेलाडिलाई नगरप्रमुख लामा र उप प्रमुख बानियाँले प्रति व्यक्ति नगद ६ हजार ५ सय रुपियाँ सहित खादा लगाइदिएर सम्मान गरेका हुन् । खेलाडी सम्मान गर्दै प्रमुख लामाले खेल जिवनमा थप प्रगतीको शुभकामना दिइन् । उनले खेलकुदको बिकासका लागि उपमहानगर लागि रहेको भन्दै चालु आर्थिक बर्षमै ठुलो लगानी खेलकुदमा गरेको बताइन् । नगरमा खेलकुदको बिकासका लागि मैदान निर्माण, शारिरीक व्यामका लागि खुल्ला व्याम केन्द्र सहितको अबधारणामा उपमहानगर अघि बढेको जानकारी दिइन् ।
नगर खेलकुद बिकास समितिले उपमहानगरको तर्फबाट संयोजन गरेको प्रतियोगितामा सहभागि खेलाडिलाई थप पुरस्कारको रुपमा करिब ५ हजार बरारबको खेल जुत्ता (फुटबल वुट) दिने बताइएको छ । प्रतियोगितामा सहभागि भएर उपमहानगरपालिकालाई प्रथम बनाएकामा सम्पुर्ण खेलाडि तथा अफिसीएललाई नगर खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाहीले धन्यवाद दिएका थिए ।
कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सबिन न्यौपाने, हेटौंडा– ८ का अध्यक्ष रामकृष्ण थापा, ९ का अध्यक्ष सुकराम केसीको उपस्थिती रहेको थियो । अन्तरपालिका स्तरीय खेलमा हेटौंडा उपमहानगरपालिकाले मकवानपुर गढी गाउँपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । जित हासिल गरेका टिमले शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















