२८ जेठ, काठमाडौं । एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोस्रो अभ्यास खेलमा नेदरल्यान्डसँगपनि हार भोगेको छ ।
दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्ससँग ५ विकेटले पराजित भएको नेपालले यसअघि स्कटल्यान्डसँगको खेलमा पनि पराजित भएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ५७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा नेदरल्यान्ड्सले ३६.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
नेदरल्यान्ड्सको जितमा वेस्ली ब्यारेसी ६३ रनमा अविजित रहँदा कप्तान स्कट एडवार्ड २२ रनमा आउट भए। ओपनर विक्रमजित सिंहले २१ रन बनाउँदा नेपालका गुलशन झा र ललित नारायण राजवंशीले समान दुई विकेट लिएका थिए। प्रतिश जिसीको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १ सय ५६ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित पौडेलाले ४१ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रन बनाउँदा अलराउन्डर गुलशन झाले २४ रन बनाए। नेदरल्यान्ड्सका लागि एल भि भान बीकले ५ तथा शरिज अहमदले १ विकेट लिए।
नेपाल अब विश्वकप छनोट खेलका लागि जिम्बाब्वे प्रस्थान गर्ने छ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















