Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

राक्सिराङको आगामी आर्थिक वर्षको बजेट ५७ करोड ८८ लाख ९७ हजार

Screenshot_20230624_15303-1687599957.jpg

९ आसार, हेटौंडा । राक्सिराङ गाउँपालिकाको १४ गाउँसभाले आर्थिक वर्ष २०८०।८१ का लागि सार्वजनिक गरेको ५७ करोड ८८ लाख ९७ हजारको बजेट सर्वसम्मत पारित गरेको छ।आज बसेको सभाले  राक्सिराङ  गाउँपालिकाको गाउँ सभाद्वारा आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार बजेटले प्राथमिकतामा पारेका क्षेत्रमा भौतिक एवं सामाजिक पूर्वाधारको विकास गरि कैलाश बासिको जीवनयापनमा सहजिकरण गर्ने,कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकिकरण गर्ने, सीपयुक्त मानव विकासमा जोड दिने, जनसहभागिता र पारदर्शिता कायम गरि सुशासन प्रबद्र्धन गर्ने जस्ता कार्यक्रम तय गरिएका छन्। बजेट गाउँपालिका उपाध्यक्ष बनस्यम थिङले आजको सभामा प्रस्तुत गरेका थिए। 

     **यस्तो छ  बजेटका केहि प्रमुख कार्यक्रमहरु**

*शिक्षा तर्फ १५ लाख ७२ लाख  रुपैंया बजेट विनियोजन गरिएको छ ।

* राक्सिराङ गाउँपालिकाका सबै नागरिकलाई स्वस्थ बनाइ सबल मानव पुँजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निशुल्क आधारभुत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक विकासतर्फ २२ करोड ६७  लाख ७८ हजार रुपैंया बजेट विनियोजन गरिएको छ ।

*महिला, बालबालिका, अपांग, दलित, जनजाती जेष्ठ नागरिक  वर्गहरुको क्षमता अभिवृद्धि, नेतृत्व विकास र शसक्तिकरणका लागि २८ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।

* राक्सिराङले लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यका साथ खेलकुद पूर्वाधारको विकास गर्न तथा खेल मैदान निर्माण गर्न ११ लाख र स्वास्थ्यका लागि ४ करोड ७० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।

* स्वच्छ खानेपानी कार्यक्रम र मुहान संरक्षण जस्ता योजनाका लागि १ करोड ६० लाख  रुपैंया बजेट विनियोजन गरिएको छ ।

*प्रथा, परम्परा, संस्कृति सम्पदा, संग्रहालय आदिको विकास र विस्तारका लागि ११ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* सडक पुल तथा झोलुङ्गे पुल निर्माणा लागी ४ करोड ९९ लाख विनियोजन गरेको छ । 

* बसाई सरी आउनेलाई घर उपहार कार्यक्रम अन्तर्गत पूर्वाधारको विकासका लागि ७ करोड ३० लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
* संचार तथा सूचना कार्यक्रम तर्फ ३३ लाख ,त्यसैगरी विपद व्यवस्थापन का लागि ४० लाख विनियोजन गरेको छ । 

* कृषि क्षेत्रको लागि १ करोड ७२ लाख रुपैंया,उद्योग रोजगारी प्रवर्द्धन तथा ग़रीबी निवारण लागि २५ लाख रुपैंया, सहकारी तर्फ ५ लाख , संस्कृति तथा पर्यटन विकास तथा प्रबद्र्धनका लागि २७ लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।
संघीय सरकारबाट प्राप्त अनुदान ४२ करोड ५९ लाख रहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

थप समाचार