Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एकदिवसीय विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियालाई

4583-1700442652.jpg

४ मंसिर, काठमाडौं । एकदिवसीय विश्वकप २०२३ को उपाधि अस्ट्रेलियाले उचालेको छ। आइतबार भएको फाइनलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलिया छैटौं पटक विश्व विजेता बनेको हो। विश्वकपमा अस्ट्रेलियाले फाइनलमा दोस्रो पटक भारतलाई हराएको हो ।
अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
जारी विश्वकपमा भारतले लगातार १० खेल जित्दै फाइनल पुगेको थियो। तर उसका लागि एक खेलको हार उपाधिबाट बञ्चित गराउन पर्‍याप्त बन्यो। अस्ट्रेलियाले भने विश्वकपको लिग चरणमा सुरुवाती दुई खेल हारेपनि त्यसपछि पुनरागमन गर्दै लगातार जित सहित उपाधि चुम्यो।
फाइनलमा अस्ट्रेलियाले जित निकाल्ने क्रममा अस्ट्रेलियाका लागि ट्रेभिस हेडले सानदार शतकीय इनिङ खेले। उनले सर्वाधिक १ सय ३७ रनको इनिङ खेले।  त्यस्तै  मार्नुस लबुसेनले ५८ रनको अविजित इनिङ खेले।  यि दुईबिच चौंथो विकेटका लागि १ सय ९२ रनको साझेदारी गरेका थिए।  खराब सुरुवात गरेको अस्ट्रेलियाले ६.६ ओभरमा ४७ रन बनाउँदा तीन विकेट गुमाएको थियो। तर त्यसपछि हेड र लाबुसेनले सुझवुझपूर्ण इनिङ खेल्दा जित हात पार्न सफल भयो।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो। अस्ट्रेलियन बलरसामु खुलेर खेल्न नसकेको भारतका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। भारत विरुद्ध अस्ट्रेलियाले उत्कृष्ट बलिङ र फिल्डीङ गर्दा ब्याटिङमा पनि सानदार प्रदर्शन कायम राख्दा सहज जित निकाल्यो।
भारतका लागि विराट कोहली र केएल राहुलले अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्। उसका लागि केएल राहुलको ६६ रन सर्वाधिक रह्यो। १०७ बल खेलेका उनले १ चौका प्रहार गरेका थिए। त्यस्तै विराट कोहलीले ४ चौकाको सहयोगमा ६३ बल खेल्दै ५४ रन बनाएका थिए।
त्यसअघि भारतले पहिलो विकेटका रुपमा ओपनर शुभमन गिललाई टिमको स्कोर ३० रन हुँदा ४.२ ओभरमा ४ रनमा गुमाएको थियो। दोस्रो विकेटका रुपमा कप्तान रोहित शर्मालाई ९.४  ओभरमा टिमको स्कोर ७६ रन हुँदा ४७ रनमा गुमायो। त्यसपछि क्रिजमा आएका श्रेयस अय्यर ३ बलमा ४ रन बनाएर आउट भएका थिए।
कोहली र केएल राहुलले चौंथो विकेटका लागि ६७ रनको साझेदारी गरेपनि टिमले उच्च स्कोर बनाउन संघर्ष गर्नु परेको थियो। कोहली ५४ रन बनाउँदा कप्तान प्याट कमिन्स द्वारा बोल्ड भए।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिंदा प्याट कमिन्स र जोस ह्याजलवुडले समान २-२ विकेट लिए। त्यस्तै ग्लेन म्याक्सवेल  र एडम जम्पाले समान १-१ विकेट लिए । दुवै टोली एक अर्का विरुद्ध दोस्रो पटक प्रतियोगिताको फाइनलमा भिडेका हुन्। उनीहरुबीच यसअघि २००३ को एकदिवसीय विश्वकपको फाइनलमा प्रतिस्पर्धा भएको थियो। जतिबेला अस्ट्रेलिया १ सय २५ रनले विजयी भएको थियो ।
यसअघि अस्ट्रेलियाले १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार