१७ मङ्सिर, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा ६ दिनसम्म चलेको ‘हेटौँडा कप एसियाली खुला बुद्धिचाल प्रतियोगिता–२०८०’ को उपाधि भारतका २३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन् । उनले नवौं चरणसम्मको प्रतिस्पर्धामा ६ जित र ३ बराबर खेल्दै अपराजित रहँदै ७.५ अंक बटुल्दै उपाधि आफ्नो नाममा पार्न सफल भएका हुन् ।
उनले उपाधिसँगै नगद एकलाख पच्चिस हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा ७÷७ अंक जोड्दै बंगलादेशका आईएम मोहम्मद निहाज उद्दिन र भारतका एफएम अरबिन्दर प्रित सिंह क्रमशः दोश्रो र तेस्रो स्थानमा रहन सफल भए ।
पुरस्कार स्वरुप मोहम्द मिनहाजले नगद ७५ हजार र अरबिन्दर प्रित सिंहले नगद ४० हजार प्राप्त गरे । यस्तै प्रतियोगितामा बंगलादेशका मो. सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमाले समान ६.५ अंक प्राप्त गर्दै चौथौं देखि दशौं स्थानमा समेटिन सफल भए ।
यसैगरी एफएम नयम हक एघारौं, नेपालका एआईएम शुश्रुत दहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशिष् राज चौधौं र भारतका आदित्य बर्तके पन्ध्रौं स्थानमा रहन सफल भए । प्रतियोगिता अन्तर्गत उत्कृष्ट स्थानीय खेलाडीमा झिल्के मोक्तान, उत्कृष्ट भेट्रानतर्फ देव कान्तिलाल प्रथम र नेपालका मोहन सिं प्रधान दोश्रो भए ।
उत्कृष्ट महिलातर्फ श्रीलंकन खेलाडी सचिनी रानासिंघे प्रथम हुँदा इसानाभि दोश्रो भइन् । स्विस नियमअनुसार नौ राउन्डमा सम्पन्न प्रतियोगितामा टप १५ खेलाडी सहित सर्वोकृष्ट महिला, सर्वोकृष्ट भेट्रान्स, सर्वोकृष्ट जुनियर, सर्वोकृष्ट स्थानीयलगायत विभिन्न विद्यामा ३८ जनाले नगद पुरस्कार प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले जानकारी दिए ।
मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठको सभाध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजि महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत लगाएतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

















