Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित

20240122_081716-1705890766.jpg

८ माघ, काठमाडौं । यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको छ । न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३८ रनमात्र बनायो। 
नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। १०४ बल खेलेका अर्जुनले १२ चौकाको मद्धतले ९० रन बनाए। त्यस्तै तिलक भण्डारी र सुवास भण्डारीले ३७ रनको साझेदारी खेलेका थिए। तिलक १७ रन र सुवास ३३ रनमा अविजित रहे।
त्यस्तै कप्तान देव खनालले ३६ रन, दीपक बोहोराले १५ रन र आकाश चन्दले १४ रन बनाए। त्यस्तै ओपनर दीपक बोहोरा र उत्तम मगर शून्यमै आउट भएका थिए भने आकाश त्रिपाठी र गुल्शन झा २-२ रन बनाएर पेभेलियन फर्किए।
यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो। न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डीले सतक प्रहार गरेका थिए। रेड्डी १४७ रनमा अविजित रहे। १२५ बल खेलेका उनले ११ चौका र ६ चौका प्रहार गरे। त्यस्तै टम जोनेश ३३ रन, लुके वाट्सन १४ रन, ओस्कार ज्याक्सन ७५ रन, एलेक्स १३ र म्याट २ रन बनाएर पेभेलियन फर्किएका थिए। ओलिभर, लचलन र ज्याक शून्य रनमै आउट भएका थिए। 
नेपालका लागि सुवास भण्डारीले ३ र गुल्शन झाले २ विकेट लिए। त्यस्तै दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक-एक विकेट लिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार