२३ माघ, हेटौंडा । आहा रारा गोल्डकपको विजेता त्रिभुवन आर्मी फुटबल क्लव मकवानपुर गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको छ । धनकुटाको राजारानी फुटबल क्लवले आर्मीलाई सडनडेथमा स्तब्ध बनाएको हो ।
निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी निराश हुँदै खेलबाट बाहिरिएको छ । खेलको १० औं मिनेटमै आर्मीले रासबहादुर मगरको गोलमार्फत अग्रता लिएको थियो ।
सुरुवातीमै पछि परेको राजारानी ८४ औं मिनेटमा खेलमा फर्किएको थियो । मिडबाट प्राप्त बललाई अजायी मार्टिन्सले हेडमार्फत पोष्टको दिशा दिएका हुन् ।
दुबैतर्फबाट एक÷एकको बराबरीमा रोकिएपछि टाइब्रेकरमा राजारानीका विशाल घलान, रुपेश केसी, दीप कार्की, प्रवेश द्नुवार र उमेश कार्कीको प्रहार गोल भएको थियो । सुनिल खड्काको प्रहारलाई आर्मीका गोलरक्षक समित श्रेष्ठले रोक्दा अशोक खवासको प्रहार आकाशिएको थियो ।
यस्तै आर्मीबाट जितेन्द्र कार्की, कमल थापा, राशबहादुर मगर र बिमल पान्डेको प्रहार गोल हुँदा वसन्त जिम्बा र श्रीराम चौधरीको प्रहार बाहिरिएको थियो । सिद्धान्त चौधरीको प्रहारलाई राजारानीका गोलरक्षक कार्कीले रोकेका थिए ।
खेलको म्यान अफ द म्याच गोलरक्षक कार्की घोषित भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे । जारी प्रतियोगितामा मंगलबार अन्तिम क्वार्टरफाइनल अन्तर्गत थ्रीस्टार र एपिएफको खेल हुनेछ ।
२७ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















