Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

दीपेन्द्रको टी–२० अलराउन्डर वरीयतामा सुधार

Dipendra-1718238223.jpg

३१ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् ।
दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ १० औँ स्थानमा थिए । टी–२० वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा रहेका छन् । 
टी–२० वरीयताको अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३५ औँ, गुल्सन झा ६२ औँ, कप्तान रोहित पौडेल ६६ औँ र करण केसी ६९ औँ स्थानमा छन् । टी–२० वरीयताको ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा यथावत् छन् । 
यस्तै इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् । टी–२० वरीयताको ब्याटिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी ५२ औँ, रोहित पौडेल ५५ औँ र आसिफ शेख ९० औँ स्थानमा छन् । टी–२० वरीयताको बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिद शीर्ष स्थानमा यथावत् छन् । 
यस्तै अफगानिस्तानका रशिद खान र दक्षिण अफ्रिकाका एनरिच नोर्टजे समान चार स्थान सुधार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा आइपुगेका छन् । टी–२० वरीयताको बलिङतर्फ नेपालका सोमपाल कामी ९९ औँ स्थानमा छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कैलाशको बजेट ४८ करोड ७८ लाख
Screenshot_20240624_15071-1719221019.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले...

८० वर्षीय वृद्ध राप्ती खोलामा मृत अवस्थामा फेला
images(9)-1719220203.jpg

१० असार, हेटौंडा। हेटौडा ११ स्थित राप्ती खोलामा डुबेको अवस्थामा एक वृद्धको मृत्यु भएको छ। सोमबार बिहान मृत...

कैलाशको चेली प्रोत्साहन कार्यक्रम:६ चेलीलाई गाउँसभामा सम्मान
Screenshot_20240624_14413-1719219409.jpg

१० असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन...

कैलाशको नीति तथा कार्यक्रम :चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता
Screenshot_20240624_13430-1719216041.jpg

१० असार, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आगामी आर्थिक बर्षमा चेली प्रोत्साहन कार्यक्रमलाई...

कैलाशको नीति तथा कार्यक्रम: अध्यक्षसंग विपन्न नागरिक कार्यक्रम देखी नमुना युवा कार्यक्रम
Screenshot_20240624_13061-1719214076.jpg

१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।...

डीआईजी पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस
poshraj-pokhrel-DIG_OaVio-1719199612.gif

१० असार, हेटौंडा । नेपाल प्रहरीमा जनपद समूहतर्फका डीआईजी पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा...

नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श बैठक काठमाडौंमा
Nepal-China-friendship-1719195554.jpg

१० असार, हेटौंडा । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक मंगलबार काठमाडौंमा हुने भएको छ...

प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना हुने
Screenshot_20240624_07434-1719194336.jpg

१० असार, हेटौंडा । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना...

इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो
Cricket-WC-2024-T20-ENG-R-1719193772.jpg

१० असार, हेटौंडा । आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ ।...

थप समाचार