Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

श्रीलंकालाई महिला एशियाकप क्रिकेटको उपाधि

Srilanka-vs-India-Women-A-1722226617.png

१४ साउन, हेटौंडा । श्रीलंकाले महिला एशियाकप क्रिकेटको उपाधि जितेको छ। दम्बुलामा भएको फाइनलमा घरेलु टोली श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
श्रीलंकाको जितमा कप्तान चमारी अथापथ्थुले ६१ रन र हर्षिता समराविक्रमाले ६९ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। उसका लागि स्मृति मन्धनाले ४७ बलमा ६० रनको विष्फोटक इनिङ खेल्दा १० चौका प्रहार गरेकी थिइन्। त्यस्तै, ऋचा घोषले ३० रन बनाउँदा जेमिमा रोड्रिग्वेजले २९ रन बनाइन्। श्रीलंकाका लागि कभिसा दिलहरीले २ विकेट लिँदा उदेसीका प्रवोधानी, सचिनी निसन्सलाले समान १ विकेट लिएकी थिइन्।
१ सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै ८ बल बाँकी हुँदै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । श्रीलंकाले ७ रनमै पहिलो विकेट गुमाए पनि दोस्रो विकेटका लागि उच्च रनको साझेदारी गर्‍यो। उसका लागि कप्तान चमारी अथापथ्थुले ४३ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाउँदा हर्षिथा समराविक्रमाले ५१ बलमा ६ चौका र २ छक्काको सहयोऊमा ६९ रनको अविजित इनिङ खेलिन्। उनलाई कभिसा दिलहरीले १६ बलमा ३० रन बनाएर अविजित साथ दिएकी थिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार