फाइल तस्विर
२० असोज, हेटौंडा । नेपालले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ। क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको हो। योसँगै तीन खेलको ऋंखलामा नेपालले १-१ को बराबरी गरेको छ। यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।
१७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा १५६ रनमा अल आउट भएको थियो। ओलिभर कक्सले ७८ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाउँदा मुनिर अहमद काका ३६ रन तथा अली नदिमले २० रन बनाए। त्यस्तै युवराज शर्माले २३ रन बनाउँदा विकेटकिपर निकोलस मनोहरले १९ रन बनाएका थिए।
नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिंदा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १-१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १ सय ७६ रन बनाएको थियो। नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए। उनी बाहेक अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए।
एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २-२ विकेट लिए। तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...




-1788140988.jpg)













