Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित

20241028_071453-1730079021.jpg

१२ कार्तिक, हेटौंडा । आइसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको हो।
जारी आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।
नेपालले दिएको २८७ रनको लक्ष्य पछाएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।
अमेरिकाका लागि शयान जगागिरले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान मोनांक पटेलले ६२, हर्मीत सिघले ५७ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर कुशल भुर्तेलले ४, सोमपाल कामीले २ र ललित राजबंशीले एक/एक विकेट लिएका थिए ।
यस अघि नेपालले टस हरेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा अल आउट हुँदै २८६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९६ रन बनाएका थिए भने अनिल शाहले ५६, आसिफ सेखले ५२ र आरिफ सेखले ३७ रन बनाएका थिए ।
योसँगै नेपालको विश्वकप लिग-२ मा सातौँ हार बेहोरेको छ । अहिलेसम्म ९ खेलमा ७ हार बेहोरेको नेपाल केवल ३ अंकसहित सातौं स्थानमा छ ।
त्यस्तै अमेरिकाले भने सातौं जित हासिल गरेको छ । यो जितपछि अमेरिकाको १० खेलमा १४ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ ।
अब सिरिजमा अर्को खेल मंगलबार राति नेपालले स्कटल्याण्डसँग खेल्ने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार