Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

मनहरी गाउँपालिका

मनहरीले बनायो आफ्नै स्रोतबाट ५ वटा मोटररेवल पुल

Screenshot_20250613_21183-1749828936.jpg

३० जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पाँचवटा मोटररेवल पुल निर्माण गरेको छ। 

गाउँपालिकाले करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पाँच वटा पक्की पुल निर्माण सम्पन्न गरेको गरेको हो। गाउँपालिकाको लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा पुल गत वर्ष  सम्पन्न भइसकेको छ भने बाँकी २ वटा पुल भोलि जेठ ३१ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो ।
गत वर्ष सम्पन्न ३ वटा मोटररेवल पुलको बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।

बानियाँको निर्वाचन क्षेत्र समेत रहेको मनहरी–३ मा रहेको ठाडोखोला र हाँडीखोला पुलको भोलि शनिबार नेता बानियाँले नै उद्घाटन गर्ने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिएका छन् । ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो भने भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी हाँडीखोला पुल निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो । ३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो ।

तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो । हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।

सो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साविकको हाँडीखोला गाविसका किसानको कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । पालिकाको आफ्नै स्रोतबाट निर्माण भएको पुलले  मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष कालाखेतीले जनाएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

रेडक्रस तदर्थ समितिका अध्यक्ष शर्माद्वारा राजीनामा
redcross-1536x864-1778287694.jpg

२६ बैशाख, हेटौंडा । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विनोदकुमार शर्माले पदबाट राजीनामा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg