३० जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो आन्तरिक स्रोतबाट पाँचवटा मोटररेवल पुल निर्माण गरेको छ।
गाउँपालिकाले करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर पाँच वटा पक्की पुल निर्माण सम्पन्न गरेको गरेको हो। गाउँपालिकाको लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा पुल गत वर्ष सम्पन्न भइसकेको छ भने बाँकी २ वटा पुल भोलि जेठ ३१ गते उद्घाटन गर्ने कार्यक्रम तय गरिएको हो ।
गत वर्ष सम्पन्न ३ वटा मोटररेवल पुलको बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका थिए ।
बानियाँको निर्वाचन क्षेत्र समेत रहेको मनहरी–३ मा रहेको ठाडोखोला र हाँडीखोला पुलको भोलि शनिबार नेता बानियाँले नै उद्घाटन गर्ने गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिएका छन् । ठाडोखोला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो भने भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी हाँडीखोला पुल निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो । ३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो ।
तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो । हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।
सो सडकअन्तर्गत सबै पुल निर्माण सकिएसँगै साविकको हाँडीखोला गाविसका किसानको कृषि उपजको बजारीकरणमा सहजता हुने र स्थानीयबासीको पनि दैनिक जीवनयापन सहज हुने अपेक्षा गरिएको छ । पालिकाको आफ्नै स्रोतबाट निर्माण भएको पुलले मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अध्यक्ष कालाखेतीले जनाएका छन्।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













