Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मुख्यमन्त्री बानियाँले गरे बकैयाको नवनिर्मित भवनको उद्घाटन

588899991_116007567962470-1764167846.jpg

१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ। गाउँपालिकाको प्रशासनिक भवनको बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरको हुन् । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दोस्रो जनआनदोलनबाट प्राप्त लोकतन्त्रले  नागरिकलाई सही प्रतिनिधि चयन गर्न स्वतन्त्रता प्रदान गरेको छ । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना निर्माण गरेको उल्लेख गर्दै वर्तमान व्यवस्थाप्रति असन्तुष्ट भएकाहरू अझै सक्रिय रहे पनि यस्तो सोच टिकाउ नहुने बताएका छन् । 

गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, विभिन्न राजनीतिक दलका प्रतिनिधि, १२ वटै वडाका जनप्रतिनिधि,कार्यपालिका सदस्य तथा समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो। गाउँपालिका वडा नम्बर ३ हात्तीसुंडेमा निमार्ण सम्पन्न  चार तले भव्य प्रशासनिक भवन संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत साझेदारीमा बनेको हो ।  नवनिर्मित भवनमा अध्यक्ष–उपाध्यक्ष कार्यकक्षसहित २८ कोठा, २ सभा हल, सेवाग्राही कक्ष, भान्सा कोठा, स्टोर र शौचालय रहेको छ ।  २०७९ जेठ ३१ गते सम्झौता भई २०८१ असार १५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समय थपेर गत भदौ ३१ गते मात्र निर्माण सम्पन्न भएको हो। प्रारम्भिक सम्झौताअनुसार भवन निर्माण लागत ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ तय गरिएको थियो भने काम थपिएसँगै कुल लागत ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार