१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार भएको खेलमा टस जितेर पहिला बलिङ गरेको काठमाडाैँ चार विकेटले विजयी भएको हो ।
शुरुमा ब्याटिङ गरेको कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौँले दुई बल बाँकी हुँदा छ विकेटको क्षतिमा पूरा गरेको हो ।
काठमाडौँको जितमा कप्तान करण केसीले विष्फोटक ब्याटिङ गर्दै २० बलमा ४४ रन जोडे । उनले तीन छक्का र चार चाैका हिर्काए । उसका लागि रसिद खानले अर्धशतक बनाए। उनले ३२ बल खेल्दा तीन चौका र दुई छक्का हिर्काएर ५० रन पूरा गरेका हुन् ।
अन्तिममा विष्फोटक ब्याटिङ गर्दै काठमाडाैँका जहानदाद खानले १० बलकाे सामना गर्दा दुई छक्का र एक चाैकाको मद्दतमा २२ रन बनाए । उसका लागि ओपनर डेबिड वार्नरले १० बलमा १६ रन बनाउँदा माेहमद आदिल आलमले २० रन थपे । स्मित पटेलले ९ रन जोड्दा भीम सार्की ५ रनमा आउट भए ।
काठमाडाैँविरुद्ध कर्णालीका कप्तान सोमपाल कामी र हुसेन तलातले दुईदुई विकेट हात पार्दा मार्क वाट र नन्दन यादवले एकएक विकेट लिए ।
कर्णालीले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८० रन बनाएको थियो।
कर्णालीका लागि ओपनर आरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । २२ बलको सामना गर्दा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । त्यसैगरी हसन तलातले ३० बलमा ४० रन बनाउँदा पवन सरार्फले नटआउट ३० रन बनाए ।
त्यसैगरी कर्णालीका लागि गुल्सन झाले १२ बलमा दुई छक्काको मद्दतमा २० रन जोडे भने मार्क वाटले २० बल खेलेर १७ रन बनाए । आजको खेलमा दिपक डुम्रे भने ८ रन बनाउँदा आउट भएका थिए । कप्तान सोमपाल कामी दुई बलको सामना गर्दा १ रनमा सीमित भए ।
कर्णालीलाई सस्तैमा रोक्न काठमाडौँका कप्तान करण केसीले दुई विकेट हात पार्दा साहब आलम, जहानदाद खान, देव साह र सन्तोष यादवले एकएक विकेट हात पारे ।
कर्णाली यसअघिका दुई खेलमा जित्दै चार अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो खेलमा पराजित काठमाडौँले पहिलो जित निकाल्दै दुई अंक जोडेको हो ।
२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...
२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...
२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...
२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...
२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...
२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...
२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...
२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....
२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...





-1794097986.jpg)












