Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

आईपीएलको उपाधि मुम्बईलाई

malinga_uBzopBiecG-1557706664.jpg

३० वैशाख, हेटौँडा । चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई इन्डियन्सले १२ औँ संस्करणको आईपीएलको उपाधि जितेको छ । यो जित संगै मुम्बई आइपिएलमा सबैभन्दा सफल टिम समेत बनेको छ । उसले यो संस्करण सहित मुम्बइले ४ पटक उपाधि जितेको छ ।  
मुम्बईको जितका लागि केइरन पोलार्डले सवाधक ४१ रन बनाए । यस्तै ओपनर क्वीन्टन डि ककले २९, इशान किसनले २३, हार्दिक पाण्ड्याले १६ रन बनाए भने रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए । बलिङतर्फ चेन्नईका लदिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए । 
१५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । 
यस्तै चेन्नईका लागि फाफ डु प्लेसिसले २६, ड्वाइन ब्राभोले १५ रन जोडे पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् । सुरेश रैना ८, आम्बाती रायडू १, महेन्द्र सिंह धोनी २ रनमा आउट भए ।
बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने कुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक÷एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए । 
चेन्नईका लागि शेन वाटसनले विस्फोटक ब्याटिङ गर्दै ८० रन बनाए पनि उपाधि जिताउन भने सकेनन् । वाटसन आउट भएपछि चेन्नईलाई जितका लागि ४ रनको आवश्यकता थियो । अन्तिम दुई बलमा चेन्नईले केवल दुई रन मात्र बनाउन सक्यो । (एजेन्सी)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार