२६ मंसिर, हेटौँडा । उद्योगमन्त्री नविन्द्रराज जोशीले हेटौँडा सिमेन्ट उद्योग देशकै गौरव रहेको बताएका छन् । हेटौँडा सिमेन्ट उद्योगको व्यवसायिक उत्पादनको ३१ औं बार्षिकोत्सवमा बोल्दै मन्त्री जोशीले धेरै सरकारी उद्योग बन्द रहँदा पनि संचालनमा रहेको हेटौँडा सिमेन्ट उद्योग देशको गौरवको रुपमा रहेको बताए ।
उनले हेटौँडा सिमेन्ट उद्योगलाई सरकारले विशेष महत्व दिएको भन्दै यसको प्रवद्र्धन प्राथमिकतामा रहेको बताए । यसलाई समय सापेक्ष प्रतिष्पर्धी बनाउन भौतिक एवं जनशक्ति व्यवस्थापनमा ध्यान दिने मन्त्री जोशीको प्रतिवद्धता थियो । मन्त्री जोशीले देशमा बन्द रहेका उद्योग चलाएर औद्योगिक वातावरण तयार गर्न सके बेरोजगारी हटाउन सकिने दावि गरेका छन् । बन्द उद्योग संचालन गरे १० बर्षभित्र देशमा बेरोजगारी समस्या हट्ने दावि गरे । उनले सबै उद्योग संचालनमा आए बैदेशिक रोजगारीमा रहेका नेपालीले समेत नेपालमै काम गर्ने वातावरण तयार हुने बताए ।
सरकारी उद्योग धरासायी बन्दै जानुको कारण पहिल्याएर समस्या समाधानमा आफु जुटेको भन्दै मन्त्री जोशीले गुणस्तर र बजारमा प्रतिष्पर्धाका लागि तत्पर रहनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योगका महाप्रवन्धक प्रेमशंकर सिंहले उद्योगको अवस्थाबारे जानकारी दिएका थिए । उद्योगको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी १ अर्ब ५० करोड र चुक्ता पूँजी ९० करोड ६ लाख ८५ हजार रुपैँया रहेको छ । उद्योगमा ९० करोड ६ लाख ८५ हजार मूल्यको साधारण शेयर छ । उद्योगको ऋण दायित्व १२ करोड रुपैँया रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।
उद्योग संचालक समितिका अध्यक्ष रघुरमण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सभासद्, राजनैतिक दलका प्रतिनिधि, आर्थिक क्षेत्रका व्यक्तित्व, उद्योगका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)
