Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप क्रिकेटः अष्ट्रेलिया सेमिफाइनलमा, इंग्ल्याण्डलाई कठिन

0JbC6Qur7Rpg90NcZOcO-1561511283.jpg

११ असार, हेटौँडा । आयोजक इंग्ल्याण्डलाई पराजित गर्दै साविक विजेता अष्ट्रेलिया आइसिसि एकदिवसीय विश्वकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबारराति लर्डसमा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई ६४ रनले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । 
टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन बनाएको थियो । 
उसका लागी कप्तान आरोन फिन्चले सतकिए पारी खेले भने अर्का ओपनर डेभिड वार्नरले ५३ रन बनाए । यस्तै स्टेभेन स्मिथ र एलेक्स क्यारीले अविजित समान ३८– ३८ रनको योगदान दिए ।
बलिङग तर्फ इंग्ल्यान्डका क्रिस वोक्सले २ विकेट लिए भने जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलीले समान १–१ विकेट लिए । 
२ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४४.४ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा समेटियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले सर्वाधिक ८९ रनको योगदान दिए । अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न नसकेपछि इंग्ल्याण्ड पराजित हुन पुग्यो । 
अष्ट्रेलियाको जितमा नायक बनेका जेसन बेहरनडर्फले ५ विकेट लिए भने मिचेल स्टार्कले ४ विकेट लिए ।
६ खेलबाट १० अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको दोस्रो स्थानमा रहँदा ६ खेलबाट ८ अंक जोडेको इंग्ल्यान्ड चौथो स्थानमा छ । (एजेन्सी)
 

eng_vs_aus_3NRxO0a0S0-1561511284.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार