२० साउन, हेटौँडा । मस्तिष्कको क्षमतामा महिलाहरु पुरुष भन्दा धेरै अगाडि रहेको एक अनुसन्धानमा पत्ता लगाइएको छ ।
यसरी औसतमा पुरुषहरुको दिमाग महिला भन्दा झन्डै चार वर्ष अगाडि नै बुढो हुने गरेको बताइएको हो जसकै कारण बुढेसकालमा समेत महिलाहरु पुरुषको तुलनामा बढी तिक्ष्ण हुने गरेको बताइएको छ ।
अनुसन्धानकर्ताहरुले २० देखि ८२ वर्षीया मानिसहरुको मस्तिष्क स्क्यान गरि यस्तो तथ्य पत्ता लगाएका हुन् जसमा महिलाहरुको मस्तिष्कको उमेर जैविक रुपले पुरुष भन्दा ३.८ वर्ष कम रहेको पाइएको हो ।
सो नतिजा मस्तिष्कले गर्ने ग्लुकोजको प्रयोगमा आधारित रहेको छ जसबाट प्राप्त हुने ऊर्जाले दिमागको प्रदर्शनमा प्रभाव पार्दछ । यसका साथै महिला र पुरुषको दिमागले काम गर्ने आन्तरिक तरिका पनि फरक रहेको पत्ता लगाइएको हो ।
त्यसैले पनि पुरुषहरुको भाषिक क्षमता र स्मरण शक्ति महिलाको तुलनामा चाँडै कम हुँदै जाने गरेको स्पष्ट भएको छ । यता महिलाहरुको कम उमेरको मस्तिष्कले भने उनीहरुलाई तुलनात्मक रुपमा लामो समयसम्म बिर्सने लगायतका रोगबाट बचाइराख्न सक्ने बताइएको छ ।
सेन्ट लुइस स्थित वासिङटन युनिभर्सिटी स्कुल अफ मेडिसिनका डाक्टर मानु गोयालका अनुसार यस अनुसन्धानपछि मस्तिष्कको बूढो हुने प्रक्रियामा लिङ्गको भूमिकाबारे धेरै कुरा थाहा भएको हो ।
त्यसैगरी मस्तिष्क सम्बन्धी रोग लाग्ने सम्भावना पनि यो तथ्यसँग सम्बन्धित हुन सक्ने उनले बताए । यसरी दिमागले काम गर्ने जैविक प्रक्रियाले हामीलाई उमेर ढल्दै गएपछि पुरुष र महिलाको मस्तिष्कमा कस्तो भिन्नता हुन्छ भन्नेबारे बुझ्न मद्दत गरिरहेको वैज्ञानिकहरुको भनाइ छ ।
यसमा उनीहरुले २०५ जनाको वास्तविक उमेर र तिनको मस्तिष्कको उमेर तुलना गरेका थिए ।
वास्तवमा हाम्रो उमेर बढेसँगै मस्तिष्कले ऊर्जा उत्पादन गर्न कम ग्लुकोज प्रयोग गर्न थाल्छ जसपछि दैनिकका मानसिक चुनौति पूरा गर्न कठिन हुँदै जान्छ ।
यस्तोमा कम्प्युटर अल्गोरिदमले बढी उमेरका महिलाहरुले समेत दिमागी विकासका लागि धेरै मात्रामा ग्लुकोजको प्रयोग गर्ने गरेको पाइएको हो । जसपछि नै उनीहरुको मस्तिष्क अझै जवान अवस्थामै रहेको पत्ता लागेको हो ।
यसरी सबैभन्दा कम उमेरका महिलासँग तुलना गर्दा समेत नतिजामा धेरै भिन्नता देखा नपरेको नेस्नल एकेडेमी अफ साइसेजका अनुसन्धानकर्ताले बताएका हुन् । (साभारः बाह्खरी डिजिटल न्युज)
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















