२१ साउन, हेटौँडा । नजरबन्दमा राखिएका जम्मू–कश्मीरका पूर्व मुख्यमन्त्रीहरु महबूबा मुफ्ती, उमर अब्दुल्लाह, सज्जाद लोन, सहितका नेता पक्राउ परेका छन् ।
जम्मू कश्मीरमा केन्द्र सरकारले सुरक्षा तैनाथी बढाएको छ भने उपत्यकामा कफ्र्यू लगाएको छ । कश्मीरी पण्डितले सरकारको घोषणाको स्वागत गरे पनि मुस्लिम बाहुल्य क्षेत्रमा भने विरोध भइरहेकाले जम्मू–कश्मीरमा हिंसा भड्किन सक्ने देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जम्मू–कश्मीरको विशेष अधिकार खारेज गर्ने र लद्दाखलाई केन्द्र सरकारको मातहत राख्ने निर्णय गरेको भारत सरकारले यस्तो थप कदम चालेको हो ।
यसैबीच भारतकोले जम्मू–कश्मीरसम्बन्धी आफ्नो निर्णयको पक्षमा अन्तर्राष्ट्रिय समर्थन जुटाउन प्रयास थालेको छ । पाकिस्तानले त्यो निर्णयको विरोध गर्दै यो विषयलाई संयुक्त राष्ट्र संघमा समेत उठाउने चेतावनी दिइरहेका बेला भारतले भने त्यसको पक्षमा समर्थन जुटाउन अन्तर्राष्ट्रिय समुदायसँगको सम्वाद सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसअघि जम्मू कश्मीरमा थप ८ हजार सुरक्षाकर्मी पठाइएको छ । त्यसअघि नै दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।
यसैबीच जम्मू कश्मीरका बारेमा टर्कीले आफूलाई सहयोग गर्ने भएको पाकिस्तानले दावी गरेको छ । भारतको कदमसँगै पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँगको टेलिफोन कुराकानीमा टर्कीका राष्ट्रपति रेशेप तैयब अर्दोगानले यो विषयमा पाकिस्तानको पक्षमा रहने बताएको पाकिस्तानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पाकिस्तानले यस विषयमा संयुक्त राष्ट्रसंघका स्थायी सदस्य देशका साथै अरु देशको पनि समर्थन जुटाउने प्रयास गरिरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एण्टेनियो गुटरेजलाई पत्र लेखेर पाकिस्तानी प्रधानमन्त्री खानले घटनाबारे तत्काल कदम चाल्न र खास अवस्थाबारे बुझ्न राष्ट्रसंघीय टोली जम्मू काश्मीर पठाउन पत्रमा माग गरिएको छ । फोटोः गुगल
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


