२२ साउन, हेटौँडा । उत्तर कोरियाले आफ्नो हातहतियार निर्माणका लागि आर्थिक जोहो गर्न साइबर आक्रमणका माध्यमबाट २ बिलियन अमेरिकी डलर अर्थात् २ खर्ब २६ अर्बभन्दा बढी रुपैयाँ चोरेको संयुक्त राष्ट्रसंघको ‘लिक’ भएको एउटा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसरी बाहिरिएको गोप्य प्रतिवेदनमा प्योङयोङ (उत्तर कोरियाको राजधानी) ले रकम जम्मा गर्नको लागि बैँक र क्रिप्टो मुद्रा विनिमयलाई निशाना बनाइएको उल्लेख छ ।
अन्तराष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार संयुक्त राष्ट्रसंघले ३५ ओटा साइबर आक्रमणका बारेमा अनुसन्धान गरिरहेको छ ।
गएको मंगलबार उत्तर कोरियाले दुई ओटा मिसाइल प्रक्षेपण गरेको थियो, जुन दुई हप्ताभित्रको समयमा चौथो मिसाइल प्रक्षेपण हो ।
बुधबार जारी गरिएको बयानमा उत्तर कोरियाली नेता किम जोङ उनले मिसाइल प्रक्षेपण अमेरिका र दक्षिण कोरियाबीच भएको सामूहिक सैन्य अभ्यासको विरोधमा भएको बताएका छन् । प्योङयोङले अमेरिका र दक्षिण कोरियाबीच भएको सामूहिक सैन्य अभ्यासलाई शान्ति सम्झौताको उल्लंघनको रुपमा लिएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को उत्तर कोरिया प्रतिबन्ध समितिलाई पठाइएको प्रतिवेदनमा साइबर स्पेसको प्रयोग गरेर वित्तीय संस्था तथा क्रिप्टो करेन्सी सटही गर्ने संस्थाबाट रकम चोर्न उच्च स्तरको साइबर आक्रमण गरिएको उल्लेख गरिएको छ।
विशेषज्ञहरुले विदेशी मुद्रा कमाउन प्रयोग गरिने साइबर ‘माइनिङ’ गतिविधिमाथि पनि अनुसन्धान गरिरहेको जनाइएको छ ।
उत्तर कोरियाले आम विनाशकारी हातहतियारहरु प्राप्त गर्न तथा जहाजबाट जहाजमा अवैध स्थानान्तरण गर्नका लागि संयुक्त राष्ट्रसंघको प्रतिबन्धहरु तोडेको जारी प्रतिवेदनमा भनिएको छ । (एजेन्सी)
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


