२० माघ, हेटौंडा । हेटौंडा–११ की अजिता भुजेलको हत्या प्रकरणको अनुसन्धानका लागि काठमाडौंबाट आएको प्रहरी टोलीसहितको अनुसन्धान सकारात्मक दिशामा रहेको प्रहरीको भनाई छ । घटनाको अनुसन्धानमा मकवानपुर प्रहरीलाई सघाउन आएको अपराध महाशाखाको टोलीसहितको अनुसन्धान सकारात्मक दिशामा रहेको प्रहरी स्रोतको दावि छ ।
प्रहरी केन्द्रीय स्रोतका अनुसार अनुसन्धान सकारात्मक ढंगबाट अघि बढेको र छिटै नतिजा नजिक पुग्नेछ । ‘सबै ढंगबाट गहिरो अनुसन्धान गरिरहेको टोलीले छिटै नतिजा बाहिर ल्याउने छ ।’–प्रहरी उच्च स्रोतले भन्यो । उनका अनुसार घटनाको अनुसन्धानका लागि दर्जन बढिसंग सोधपुछसहित प्रविधिको समेत प्रयोग गरिएको छ । तर घटना भएको १७ दिन हुँदा समेत कुनै जानकारी बाहिर नदिएकाले प्रहरीको अनुसन्धानमाथि आशंका गरिरहेका बेला ति सुरक्षा अधिकारी नतिजा छिटै बाहिर आउने दावि गर्दछन् ।
‘काठमाडौंबाट गएको टोली र मकवानपुर प्रहरीको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेकाले नतिजा छिटै आउनेमा सर्वसाधारण आश्वस्त हुनु आवश्यक छ ।’ धेरै विषय बाहिर ल्याउँदा अनुसन्धान प्रभावित हुने भन्दै उनले अनुसन्धान कुन अवस्थामा छ भन्ने बारे भने खुलाएनन् । यता, मकवानपुर प्रहरीले भने अनुसन्धान निष्कर्षमा पुगेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भन्दै प्रतिक्रिया दिएको छैन ।
माघ ४ गते विहान अजिताको शव हेटौंडा-५ क्याम्पाडाँडास्थित कान्तिलोकपथमा फेला परेको थियो । त्यसयता, मकवानपुर प्रहरीले दर्जन बढिसंग सोधपुछ गरेको छ भने केहीलाई हिरासतमा राखेर समेत अनुसन्धान थालेको थियो । प्रहरीले कल डिटेल, सिसिटिभि फुटेज, अजितासंग नियमित सम्पर्कमा रहेका व्यक्ति, सवारी साधनको निगरानी लगायत विभिन्न ढंगबाट अनुसन्धान गरेको जनाईएको छ ।
यो पनि पढ्नुस्
हेटौँडाको क्याम्पाडाँडामा तेस्रो लिंगीको शव फेला, अपडेटः क्याम्पाडाँडामा भेटिएको शव तेस्रो लिंगी भुजेलको (तस्बिरहरु), अजिताको शव जाँचका लागि काठमाडौं पठाईयो, अजिता भुजेल हत्या प्रकरणमा कम्तिमा २ पक्राउ, अजिता हत्या प्रकरण अनुसन्धान गर्न काठमाडौंबाट टोली आउँदै
२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...
२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...
२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...
२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...
२७ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स एनपीएलको प्लेअफमा पुगेको छ ।...
२७ कार्तिक, हेटौंडा । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना...
२७ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि...
२७ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाको बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री...
२७ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

















-nepal-1793665142.jpg)
