२९ मंसिर, काठमाडौं । नेपाली काँग्रेसका यूवा नेता एवम् नव निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै नेता बानियाँले जनताको चाहना, आवश्यकत्ता र पूर्वाधारको आधारमा हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरेका हुन ।
क्षेत्रिय बन कार्यलय, प्रदेश सुरक्षाकर्मीको माथिल्लो निकाय बस्ने कार्यलय, नेपाली सेनाको प्रदेश कार्यलय सहित अधिकांश कार्यालयको क्षेत्रीय कार्यालय हेटौँडामा नै भएको बताउँदै भने,‘प्रदेशको राजधानी मुलुकको राजधानी काठमाडौ वरपर बनाउँनु पर्छ, मुलुकको राजधानीमा प्रदेशको राजधानीलाई थुपार्नुहुँदैन, यहाँ धरै प्रकारका अहसजता छन्, सवारीको चाप उस्तै छ, यस्तो स्थितिमा प्रदेश नम्बर ३ को राजधानी हेटौडा उपयूक्त छ।’
चुनावको बेलामा नाराको साहरालाई लिएर प्रेदशको राजधानी अन्यत्र बनाउने भनेर गरिएका कुराहरु आधारहिन भएको भन्दै नेता बानियाँले हेटौडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागि सबै दलहरुसँग छलफल भईरहेको समेत जानकारी दिए ।
काँग्रेसले चुनावमा हार व्यहोर्नुको कारण काँग्रेसले पत्ता लगायो भन्ने पत्रकारको प्रश्नको जवाफमा नेता बानियाँले भने,‘काँग्रेसले हारेको छैन्, स्थानीय तहको निर्वाचनमा पहिलो र तेस्रो दल एक भएर चुनाव लड्दा काँग्रेसको स्थिति यहि हुनेथियो, तथापी समानुपातिकमा हेर्नुस् हामी दोस्रो स्थानमा छौँ, काँग्रेसले हारेको छैन्।’
प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि काँग्रेसले मलाई नै छान्छ होला
उनले अघि थपे,‘कसैले काँग्रेस कमजोर भयो भन्छ भने त्यो भ्रम हो, काँग्रेस लोकतन्त्रको निम्ति जिवित छ, यहाँ कसैले काँग्रेस सकियो, रुख ढल्यो जस्ता कुराहरु चलाईरहेका छन् त्यो पूर्ण रुपमा गलत छ।’
नेता बानियाँले आफूले यसअघि नै गृहराज्यमन्त्री, पर्यटन मन्त्रालय लगायतको जिम्मेवारी वहन गरिसकेको अनुभव स्मरण गराउँदै भने,‘प्रदेश नम्बर ३ को प्रतिपक्ष दलको मुख्य नेताको लागि काँग्रेसले मलाई नै छान्छ होला।’
साभार : रिपोर्टस क्लव
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















