Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वडा सदस्य बास्तोलाद्वारा राहतलाई २५ हजार सहयोग

Rajkumar-1585708181.jpg

१९ चैत, हेटौंडा । हेटौंडा वडा नम्बर ६ का वडा सदस्य राजकुमार बास्तोलाले वडामा राहत वितरणका लागि २५ हजार रुपैंया सहयोग गर्ने भएका छन् । उनले वडाका दैनिक ज्यालामा काम गरी छाक टार्नुपर्ने श्रमिक र अति विपन्न परिवारका लागि राहत वितरण गर्न व्यक्तिगत रुपमा २५ हजार रुपैंया सहयोग गर्ने जनाएका हुन् । 
उनले भने–‘जनप्रतिनिधि भनेकै समस्या परेको अवस्थामा सहयोग गर्न जनताले निर्वाचित गरेका हुन्, व्यक्तिगत लगानी गरेरै भएपनि राहत पुर्याउँछौं ।’ वडाका २३ वटा टोलविकास संस्थाहरुले टोल विकास वडा समन्वय समितिमार्फत आफ्नो क्षेत्रमा रहेका दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारको तथ्यांक बुझाएको बताउँदै बास्तोलाले त्यही तथ्यांकका आधारमा राहत बाँड्ने काम शुरु भएको बताए । थप राहतका लागि प्याकिङको काम थाल्न एक पसललाई जिम्मा दिईसकेको उनले बताए ।
वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले पनि व्यक्तिगत र दाताहरुबाट प्राप्त सहयोग जुटाएर वडामा ज्यालाबाट छाक टानुपर्ने श्रमिक र विपन्न परिवारले भोकै बस्नु नपर्ने अवस्था सिर्जना गर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेसको समन्वयमा चुच्चेखोला र रामनगरका गरी ३४ परिवारलाई राहत वितरण गरिएको थियो भने मंगलबार हेटौंडा-१० टिसिएनस्थित माछभात खाना पसलका संचालक राजकुमार महतोको सहयोगमा पुतलीबजार, लाहुरेटोल र चौघडामा गरी २० परिवारलाई राहत वितरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार