सुनिल शिवाकोटी
२० असोज, हेटौंडा । अब पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ राप्ती पुल देखि हेटौंडा ११ बाघथली सम्मको सडकको दायाँ बायाँ मालवाहक सवारी रोक्न नपाइने भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ को सहकार्यमा राप्तीपुल देखि बाघथली सम्मको करिब १.५ किलोमिटर अन्तर्गत सडकको दायाँ बायाँ ४/४ मिटरको दुरीमा ड्रम राखिएसंगै अब उक्त स्थानमा मालवाहक सवारी रोक्न नपाइने भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, तौल पुल र ३ नम्बर प्रदेश प्रहरी कार्यालयका साथै चुरेहिल अस्पताल आसपासको क्षेत्रमा बढी ग्यारेज भएकोले सडक छेउमा सवारी रोकिनाले सडकमा आवतजावत गर्न कठिनाइ भएपछि ड्रमले डिभाइड गरी सवारी रोक्न प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि बिष्णु ढकालले बताएका छन्।
यता सामुदायिक प्रहरी सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष सालिकराम पुडासैनीले संभावित दुर्घटनालाइ रोक्नका लागि यसो गरिएको बताए। उनले कुनै मालवाहक सवारी प्रतिवन्धित क्षेत्रमा रोकेमा जरिवाना गरिने बताए। केही दिन अघि हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरि बहादुर महत र ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शेरबहादुर बस्नेतले उक्त सडक डिभाइडरका लागि प्रयोग गरिएको ड्रममा फुलको विरुवा रोपेका थिए।
पक्कै ट्राफिक प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रको यस कार्यले उक्त स्थानमा हुन सवारी चाप र दुर्घटनालाई न्यूनिकरण गर्न सहयोग पुग्नेछ।
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...


















