४ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ देखिएको छ ।
हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको पोजेटिभ आएको हो । बासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको टेष्टमा संलग्न मेलानका केन्द्रीय सचिवालय सदस्य उत्सव चौलागाईले बताए ।
उनीहरु मध्ये भारत विहार घर भई हेटौंडा–४ आफन्तमा आएकी ५५ बर्षीय एक महिला, भारत गएर फर्किएका हेटौंडा–२ का ६७ बर्षीय एक बृद्ध, भारत बैंग्लौरबाट फर्किएका हेटौंडा–५ का २४ बर्षिय एक युवक र साउदी अरबबाट फर्किएका हेटौंडा–४ का ३२ बर्षीय एक युवक रहेका छन् ।
उनीहरुलाई पिसिआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ । हेटौंडा–१५ मा गरिएको टेष्टमा भने सबैको नेगेटिभ पाईएको छ ।
अपडेट : र्यापिड टेष्टमा पोजेटिभ पाईएकाहरुका परिवार, नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको छ । आफुलाई पोजेटिभ देखिएकाहरुले पनि परीक्षणमा सहयोग गरेको छ । बागमती प्रदेशमा कोरोना संक्रमणबारे एकिन गर्न करिब १८ सय जनाको र्यापिड डाईग्नोसिस टेष्ट (आरडिटी) विधिमार्फत जाँच गरिएको छ । बुधबारसम्ममा बागमती प्रदेशका १० जिल्लामा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकबाहेक १० जिल्लामा बुधबारसम्ममा १७ सय ९१ जनाको र्यापिड टेष्ट किटबाट जाँच गरिएको थियो । र्यापिड टेष्ट गरिएकामा ७ जना पोजेटिभ पाईएको थियो । काठमाडौंमा ३, धादिङमा १, काभ्रेमा १ र चितवनमा १ जनामा पोजेटिभ पाईएको थियो । र्यापिड टेष्टमा पोजेटिभ पाईएकामध्ये पिसिआर प्रविधिबाट काठमाडौंका २ जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । र्यापिड टेष्ट शरिरमा कोरोना विरुद्धको एन्टीबडी तयार भएको छ/छैन भन्ने जाँच भएकाले यसमा पोजेटिभ देखिने वित्तिकै आत्तिनु नपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । यसको अन्तिम नतिजाका लागि पिसिआर विधिबाट हुने र यसको परीक्षण हेटौडा–१० स्थित प्रयोगशालाबाट हुने गरेको छ ।
यो पनि पढ्नुस्
बागमती प्रदेशमा १८ सयको र्यापिड टेष्ट, सबैको रिपोर्ट आयो
मकवानपुरमा २८ को र्यापिड टेष्ट, आयो यस्तो नतिजा
हेटौँडामा आजबाट र्यापिड टेष्ट
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















