२९ माघ, हेटौँडा । प्रेस युनियन मकवानपुरले संविधान कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शनिबार हेटौंडा–२ स्थित वनस्खण्डी परिसरमा पिकनिक सहितको अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहालले संविधान कार्यान्वयन नहुँदा सञ्चारकर्मी समेत मारमा परिरहेको बताए । राजनीतिक दलको बेमेलका कारण संविधान कार्यान्वयनमा समस्या परिरहेको भन्दै उनले प्रेस स्वतन्त्रतासहितको संविधान कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए । स्थानीय निकायको निर्वाचन भए मात्र संविधान कार्यान्वयन हुने र मुलुक समृद्धिको बाटो तर्फ अघि बढ्ने दाहालको भनाई थियो ।
यस्तै नेपाल पत्रकार महासंघ मकवानपुरको आगामी फागुन १७ गते हुन लागेको जिल्ला अधिवेशनमा प्रेस युनियनको नेतृत्व स्थापित गर्ने कार्यमा सहयोग गर्न सबै संगठनलाई उनले अनुरोध गरे । प्रेस युनियनको नेतृत्व हुँदा सबै विचार बोक्ने संगठनको अस्थित्व स्वीकार हुने मध्यमाञ्चल संयोजक दाहालको भनाई थियो । महासंघको निर्वाचनमा एकताबद्ध भएर लाग्नका लागि उनले युनियन आबद्ध पत्रकार र शुभेच्छुकहरुलाई अनुरोध गरे ।
प्रेस युनियन मकवानपुर अध्यक्ष रुपेश दुलालको अध्यक्षतामा भएको अन्तरक्रियामा पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य गणेशदर्पण अधिकारी, नेपाल प्रेस सोसाइटी मकवानपुर सहसंयोजक जी न्यौपाने, प्रेस युनियन तथा पत्रकार महासंघका पार्षद राजन दाहाल खुसराज र सम्झना कार्की, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, प्रेस युनियन मकवानपुर उपाध्यक्ष सविन न्यौपानेलगायतले संविधान कार्यान्वयनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भन्दै आफ्ना लेख, रचना तथा समाचार संविधान कार्यान्वयनमा सघाउ पुपुर्याउने खालको हुनुपर्नेमा जोड दिए ।
लामो समयको त्याग र बलिदान पश्चात जारी भएको संविधान कार्यान्वयन नभए मुलुक संकटमा जान सक्ने भन्दै कार्यक्रमका वक्ताहरुले यसतर्फ पत्रकारले विशेष ध्यान दिनु आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रेस युनियनका पदाधिकारी, केन्द्रीय पार्षद, सदस्य एवं शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...








-nepal-1792458398.jpg)









