Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

संविधान कार्यान्वयन नहुँदा सञ्चारकर्मी समेत मारमा 

Press-Union-1486819434.jpg

२९ माघ, हेटौँडा । प्रेस युनियन मकवानपुरले संविधान कार्यान्वयनमा सञ्चारकर्मीको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । शनिबार हेटौंडा–२ स्थित वनस्खण्डी परिसरमा पिकनिक सहितको अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी प्रेस युनियनका मध्यमाञ्चल संयोजक राममणि दाहालले संविधान कार्यान्वयन नहुँदा सञ्चारकर्मी समेत मारमा परिरहेको बताए । राजनीतिक दलको बेमेलका कारण संविधान कार्यान्वयनमा समस्या परिरहेको भन्दै उनले प्रेस स्वतन्त्रतासहितको संविधान कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए । स्थानीय निकायको निर्वाचन भए मात्र संविधान कार्यान्वयन हुने र मुलुक समृद्धिको बाटो तर्फ अघि बढ्ने दाहालको भनाई थियो ।

यस्तै नेपाल पत्रकार महासंघ मकवानपुरको आगामी फागुन १७ गते हुन लागेको जिल्ला अधिवेशनमा प्रेस युनियनको नेतृत्व स्थापित गर्ने कार्यमा सहयोग गर्न सबै संगठनलाई उनले अनुरोध गरे । प्रेस युनियनको नेतृत्व हुँदा सबै विचार बोक्ने संगठनको अस्थित्व स्वीकार हुने मध्यमाञ्चल संयोजक दाहालको भनाई थियो । महासंघको निर्वाचनमा एकताबद्ध भएर लाग्नका लागि उनले युनियन आबद्ध पत्रकार र शुभेच्छुकहरुलाई अनुरोध गरे । 

प्रेस युनियन मकवानपुर अध्यक्ष रुपेश दुलालको अध्यक्षतामा भएको अन्तरक्रियामा पत्रकार महासंघ मकवानपुरका कार्य समिति सदस्य गणेशदर्पण अधिकारी, नेपाल प्रेस सोसाइटी मकवानपुर सहसंयोजक जी न्यौपाने, प्रेस युनियन तथा पत्रकार महासंघका पार्षद राजन दाहाल खुसराज र सम्झना कार्की, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउत, प्रेस युनियन मकवानपुर उपाध्यक्ष सविन न्यौपानेलगायतले संविधान कार्यान्वयनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भन्दै आफ्ना लेख, रचना तथा समाचार संविधान कार्यान्वयनमा सघाउ पुपुर्याउने खालको हुनुपर्नेमा जोड दिए । 

लामो समयको त्याग र बलिदान पश्चात जारी भएको संविधान कार्यान्वयन नभए मुलुक संकटमा जान सक्ने भन्दै कार्यक्रमका वक्ताहरुले यसतर्फ पत्रकारले विशेष ध्यान दिनु आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रेस युनियनका पदाधिकारी, केन्द्रीय पार्षद, सदस्य एवं शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार