Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

फापरबारीमा कांग्रेस अगुवा कार्यकर्ता प्रशिक्षण

५३ जना कांंग्रेसमा प्रवेश

phaparbari-3-1486907003.jpg

१ फागुन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को तेस्रो चरणको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम फापरवारीमा भएको छ । बाग्मती गाउँपालिका अन्तरगत राईगाउँ, फापरवारी र बेतिनी गाविसको आईतबार सम्पन्न भएको हो । 
स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी तेस्रो चरणको कार्यक्रमअन्र्तगत नेपाली काँग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनालको सभाध्यक्षता, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेको प्रमूख आथित्यता तथा मकवानपुरका सभापति, संस्कृति, पर्यटन एवं नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँको विशिष्ट आथित्यतामा प्रशिक्षण कार्यक्रम भएको थियो ।
अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमूख अथिति घिमिरेले समसामयिक राजनीतिक घट्नाक्रम, अहिलेको देशको परिस्थिति तथा संविधानको विषयमा स्थानीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिए ।
त्यसैगरी पूर्व तरुण दलका केन्द्रीय सदस्य एवं नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालले विगतदेखि अहिलेसम्म नेपाली काँग्रेसले देशमा गरेको राजनीतिक घट्नाक्रमको नेतृत्व र भावी दिनमा नेपाली काँग्रेसले बनाएको योजनाको बारेमा चर्चा गरेका थिए ।
त्यस्तै विशिष्ट अथिति राज्यमन्त्री बानियाँले मकवानपुरको चारै क्षेत्रको विकासमा आफूले धेरै विकाश निर्माणको कार्यमा सहभागिता जनाएको र आउँदो दिनमा पनि यस्लाई धेरै नै गर्ने बताउँदै आफू मन्त्री पदमा रहँदा या नरहँदा पनि जिल्लाको विकास नै आफ्नो पहिलो प्रयास रहने बताए ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य अर्जुन दाहाल, चोकबहादुर ठाडा, शेरबहादुर भ्लोन, काँग्रेस क्षेत्र नम्बर १ का उपसभापति डिल्ली घोरासैनी, सचिव सुवात सिं थिङ, कोषाध्यक्ष खेलप्रसाद पौडेल, महासमिति सदस्य धर्मराज लामिछाने, महासमिति सदस्यहअरु, दिलबहादुर भोम्जन, मानबहादुर पाटा, ज्ञानबहादुर माझी लगायतले मन्तव्य व्यक्त गरे ।
अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एमाले परित्याग गर्दै रामहरि केसी, गिता निमावि भोर्लेनीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठलगायतका ५३ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेकोे काँग्रेस मकवानपुरका १ नम्बर क्षेत्रीय सभापति खनालले जानकारी दिए ।

phaparbari-5-1486907003.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री बानियाँद्वारा राजिनामा
Screenshot_20260817_15083-1786959007.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा  छन् । आज बसेको...

भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

थप समाचार