२ फागुन, हेटौँडा । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताईरहँदा मकवानपुरका राजनैतिक दलहरु पनि चुनावी माहोल बनाउन जुटेका छन् ।
पछिल्लो समय जिल्लामा रहेका राजनैतिक दलहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आफ्नो राजनीतिक गतिविधि अघि बढाईरहेका हुन् । निर्वाचन लक्षित गर्दै निर्वाचन आयोगले दल दर्ताका लागि सूचना जारी गरेपछि राजनैतिक दलले जिल्ला निर्वाचन कार्यालयमा दल दर्तासमेत गरेका छन् । उनीहरु अहिले गतिविधिलाई तल्लो तहसम्म पुर्याईरहेका छन् ।
नेपाली काँग्रेस
नेपाली काँग्रेस मकवानपुरले चुनाव लक्षित गर्दै चारवटै निर्वाचन क्षेत्रमा संगठन सुदृढिकरण अभियान संचालन गरेको छ । त्यस लगतै उसले चारवटै निर्वाचन क्षेत्रमा राज्य पुर्नसंरचना आयोगले विभाजन गरेको गाउँ पालिकास्तरीय प्रशिक्षण कार्यक्रम गरिरहेको छ । प्रशिक्षणसँगै काँग्रेसले विभिन्न पार्टीका नेता कार्यकर्ता आप्mनो पार्टीमा प्रवेशको कामलाई पनि जोड दिएको छ । नेपाली काँग्रेस पूर्ण रुपमा निर्वाचनमा केन्द्रित भएर संगठनको काम गरिरहेको बताउँदै जिल्ला सभापति इन्द्रबहादुर बानियाँले काँग्रेस तल्लो तहमा बढि भन्दा बढि आप्mनो नेतृत्व ल्याउने ढंगबाट अघि बढेको बताए ।
नेकपा एमाले
एमालेले ‘संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियान’ नाम दिएर चार महिने अभियान संचालन गरिरहेको छ । गाउँ–गाउँमा पुगेर निर्वाचन भएमात्रै संविधान कार्यान्वयन हुने जस्ता विषयलाई अवगत गराउने, ओली सरकारका विशेषता, स्थानीय तहको बजेटको प्रभावकारी कार्यान्वयन लगायत विषयमा तल्लो तहमा अवगत गराउने काम गरिरहेको जिल्ला कमिटि सदस्य एवं मकवानपुरगढी गाउँपालिका अभियानका उपप्रमुख नविन सिग्देलले बताए । त्यसैगरी, उसले पनि विभिन्न पार्टीका कार्यकर्ता आप्mनो पार्टीमा ल्याउने र अरु पार्टीमा गएका पुराना कार्यकर्ता फर्काउने काम गरिरहेको छ ।
माओवादी केन्द्र
प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी माओवादी केन्द्र पनि आप्mनो गतिविधि गाउँ तहसम्म पु¥याईरहेको छ । चुनावको तयारीमा जुट्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले निर्देशन दिएकाले जिल्ला तहमा पनि माओवादी केन्द्रले आप्mनो आन्तरिक गतिविधि बढाईरहेको छ ।
नयाँ शक्ति
नयाँ शक्ति नेपालले पनि निर्वाचनलाई लक्षित गरेर गतिविधिलाई तिब्र पारेको छ । नयाँ शक्तिले पछिल्लो समय रणनीतिक ढंगबाट गाउँ तहसम्म पुगेर आफ्नो उपस्थिति जनाईरहेको छ । हस्ताक्षर अभियान संचालन गरेर गतिविधि गरिरहेको नयाँ शक्तिले केही दिन अघि प्रशिक्षण गरेर ठोस निर्देशनका साथ नेता कार्यकर्ता परिचालन गरेको छ । उसले तल्लो तहदेखि माथिल्ला तहसम्म मतदाता संख्याको कम्तिमा ३ प्रतिशत सदस्यता वितरण गर्नै पर्ने निर्देशन दिएको छ ।
राप्रपा
लामो समयदेखि स्थानीय निकायको निर्वाचनको माग गरेको राप्रपा पनि निर्वाचन लक्षित गतिविधि गरिरहेको छ । केन्द्रीय महाधिवेशनलाई लक्षित गरेर आफ्नो गाउँ, नगर, क्षेत्र र जिल्ला तहसम्मको समितिहरु पुर्नगठन गरेको राप्रपाका नेताहरु निर्वाचनलाई लक्षित गरेर गाउँ दौडाहामा छन् । उनीहरु पुराना कार्यकर्ता पार्टीमा फर्काउने र अन्य पार्टीका कार्यकर्ता भित्र्याउने रणनीतिमा छन् ।
माले
नेकपा माले मकवानपुरले पनि निर्वाचनको तयारीका लागि पार्टीले कार्यक्रम ल्याउन लागेको छ । दलहरुको अभिव्यक्तिले अझै स्थानीय तहको चुनाव हुनेमा अन्यौलता रहेपनि केही दिनमै रणनीतिक ढंगबाट चुनावी कार्यक्रम अघि बढाउने तयारीमा रहेको माले मकवानपुरका सचिव भीमसेन महतले बताए ।
केही दलले अझै चुनावबारे गतिविधि बढाएका छैनन् र कोही बहिस्कारको रणनीतिमा छन् । प्रमुख दलहरु निर्वाचन लक्षित गतिविधि लिएर गाउँ तहसम्म पुग्नुलाई मतदाताले पनि निर्वाचन हुने संकेतका रुपमा लिएका छन् । तर केन्द्रमा दलहरुको सत्ता केन्द्रीत गतिविधि बढि र निर्वाचनको मिति घोषणामा एकमत नभएकाले आशंका भने कायममै देखिन्छ ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




