Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

यसरी लिए नवनिर्वाचित प्रदेशसभा सदस्य भडेलले सपथ (तस्बिर)

4-1575806340.jpg

२२ मंसिर, हेटौँडा । ३ नम्बर प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भडेलले आइतबार सपथग्रहण गरेका छन् ।
प्रदेशसभा सचिवालय हेटौँडामा आयोजित सपथग्रहण कार्यक्रममा उनले सपथग्रहण गरेका छन् । उनलाई ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । सपथग्रहण पछि संचारकर्मीहरुसंग कुरा गर्दै नवनिर्वाचित प्रदेशसभा सदस्य भडेलले विकासको काममा तीनै तहसंग समन्वय गरी काम गर्ने बताए । उनले आफु यसअघि पनि जनताकै काममै खटिएको बताउँदै प्रदेशसभा सदस्यको रुपमा आफ्नो कार्यकाल पनि जनताकै हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपसभामुख राधिका तामाङ, प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सचिव रामशरण घिमिरे, प्रदेश मामिला समितिका सभापति बलराम पौडेल, नेपाली कांग्रेसका प्रमुख सचेतक राधा घले, नेकपाका सचेतक बुद्धिमान माझी, सांसद भीमसेन खत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेशसभाको गतिविधि समेटेर तयार पारिएको प्रदेशसभा दर्पण स्मारिका सार्वजनिक गरिएको थियो । 
मंसिर १४ गते भएको उपनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित हुनु भएको थियो । यो संगै ३ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसको सांसदको संख्या २२ पुगेको छ ।

2-1575806446.jpg
3-1575806460.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
दाजुको हत्या आरोपमा एक युवक पक्राउ
kutpit_-1782742232.jpg

१५ असार, हेटौंडा । बाँकेको कोहलपुरमा आफ्नै दाजुको हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ...

कांग्रेस निर्वाचन समितिमा दुई जना मनोनीत
congress-(1)-1782741482.jpg

१५ असार, हेटौंडा । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनयन गरेको छ । सभापति गगन...

आर्मी राष्ट्रिय बक्सिङको च्याम्पियन
Screenshot_20260629_07141-1782696561.jpg

१५ असार, हेटौंडा । नेपाल बक्सिङ महासंघद्वारा आयोजित ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता...

कृषि मन्त्री चौधरी बैंकक प्रस्थान
gita-chaudari-scaled-e177-1782696229.jpg

१५ असार, हेटौंडा । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी बैंककमा भोलिदेखि आयोजना हुने वातावरण तथा दिगो...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782695518.jpg

१५ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्छ: अर्थमन्त्री
swirnim-wagle-1767456217-1782646278.jpg

१४ असार, हेटौंडा । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयमा घट्ने बताएका...

प्रहरीमा अनधिकृत पहुँच खोज्ने व्यक्ति पक्राउ
aaditya-singh-1782645772.jpg

१४ असार, हेटौंडा । गृह मन्त्रालयको मान्छे भन्दै प्रहरी कार्यालयमा स्वार्थका लागि अनधिकृत पहुँच राख्न खोजेको...

मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२ राईलाई प्रदान
Ramesh-ruchhen-rai-1_edit-1782644938.jpg

१४ असार, हेटौंडा । ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार-२०८२’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ...

महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेश
Screenshot_20260628_16382-1782644170.jpg

१४ असार, हेटौंडा । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन प्रतिनिधि सभा बैठकमा पेश भएको छ ।  ६३ औँ वार्षिक...

थप समाचार