Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

राष्ट्रिय सभाका १९ सदस्यको निर्वाचन माघ ९ गते

Rastriya-1575948847.jpg

२४ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्यहरुको निर्वाचन माघ ९ गते हुने भएको छ ।
२ बर्षको पदावधी सकिन लागेका १९ जना सांसदहरुको निर्वाचन माघ ९ गते गर्न निर्वाचन आयोगले प्रधानमन्त्री केपि शर्मा ओलीसंग प्रस्ताव गरेको हो । मन्त्रीपरिषदबाट मिति तोकेपछि आयोगले प्रक्रिया अगाडि बढाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए । उनीहरुको पदावधी फागुन २० गते सकिंदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने कानुनी प्रावधान छ । २ बर्षे पदावधी सकिनेमा नेकपाका ९, कांग्रेसका ७ र राजपाका २ र समाजवादी पार्टीका १ सांसद छन् ।
नेकपाका युवराज खतिवडा, कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण शिवाकोटीको पदावधि सकिंदैछ । कांग्रेसका धनकुमारी खतिवडा, बद्रिप्रसाद पाण्डे, दुर्गाप्रसाद उपाध्याय, मुक्ताकुमारी यादव, सुरेन्द्रराज पाण्डे, विन्दादेवी आले राना र सरिता प्रसाईं, राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल र समाजवादी पार्टीका रामप्रित पासवानको पदावधि सकिंदैछ । राष्ट्रपतिबाट मनोनित युवराज खतिवडाको स्थानमा राष्ट्रपतिबाटै अर्का सदस्य मनोनित हुनेछन् भने बाँकीको निर्वाचन प्रक्रिया हुनेछ ।
राष्ट्रिय सभाको पदावधी ६ वर्ष रहने भनिए पनि पहिलो पटकका लागि एक तिहाइको पदावधि २ वर्ष, अर्को एक तिहाइको ४ वर्ष र  अर्को एक तिहाइको ६ वर्ष रहने संवैधानिक व्यवस्था छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको भूमिका महत्त्वपूर्ण: राष्ट्रपति
president-Ram-chandra-pou-1714702115.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र...

संसदको बजेट अधिवेशन आह्वान
1641373260_1615078427_san-1714701718.jpg

२१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बजेट अधिवेशन आह्वान गरेका छन् । सरकारको...

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै
7ade733c-5bf1-485c-ba38-4-1714700539.jpg

२१ बैशाख, हेटौंडा । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस विभिन्न कार्यक्रम गरि मनाइदैछ । दिवसकै अवसर पारेर नेपाल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714699987.jpg

२१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

थप समाचार